पिडिखोलामा निशुल्क स्वास्थ्य शिविर, सबै नगरवासीको पहुँचमा निशुल्क स्वास्थ्य सेवा पुर्याउछौं ः नगरप्रमुख अधिकारी
गल्याङ, २० पुस– गल्याङ नगरपालिका ६ पिडिखोलामा आयोजना गरिएको स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढिले स्वास्थ्य परिक्षण गराएका छन् । गल्याङ नगरपालिकाको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा तीन सय तीन जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।
पिडिखोला डुडेमा रहेको स्वास्थ्य कार्यालयमा भएको शिविरमा त्यस क्षेत्रका आसपासका क्षेत्रबाट स्वास्थ्य परिक्षण गराउन ठूलो संख्यामा सहभागी भएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शिविरको उद्घाटन समारोहमा बोल्दै गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले सबै नागरिकको पहुँचमा निशुल्क स्वास्थ्य सेवा पु¥याउन नगरपालिका प्रतिबद्व रहेको बताउनुभयो । उहाँले गल्याङ नगरपालिकाद्वारा सञ्चालन गरिएको गल्याङ नगर अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएसँगै नगरवासीलाई स्वास्थ्यको पहुँचमा पु¥याउन अझै सहज भएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘गल्याङ नगर अस्पतालको क्षमता बढाउने प्रक्रिया भएको छ । यसबाट नगरवासीले अधिकतम लाभ लिने अवस्था बनेको छ ।’ अस्पतालमा दक्ष चिकित्सक रहेको र अझै थप्ने क्रममा रहेको उहाँले बताउनुभयो ।
नगरप्रमुख अधिकारीले पोखरामा रहेको गण्डकी अस्पताल र पाल्पामा रहेको लुम्बीनी मेडिकल कलेज तथा काठमाडौंको अस्पतालसँग गल्याङ नगर अस्पतालले मितेरी सम्बन्ध स्थापना गरिसकेको जानकारी समेत दिनुभयो ।
जटिल प्रकारका रोग लागेका विपन्न परिवारका लागि नगरपालिकाले स्वास्थ्य कोष स्थापना गरि सहयोग गर्ने पनि उहाँले बताउनुभयो । नगरप्रमुख अधिकारीले सबै नगरवासीको अनिवार्य स्वास्थ्य बीमाको नीति लिइएको भन्दै विपन्न परिवारका लागि नगरपालिकाले निशुल्क बीमा गर्ने व्यवस्था मिलाईएको बताउनुभयो । नगरवासीको बीमा गराउने कार्यमा अझै बढि क्रियाशिल हुन स्वास्थ्य बीमा अभिकर्ताहरुलाई आग्रह गर्दै उहाँले स्वास्थ्य बीमा कार्यक्रमबाट कोही नछुट्ने वातारण बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ६ नम्बर वडाका वडाध्यक्ष टिकाराम भुषालले वडावासीको सुविधाका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको भन्दै अधिकतम सेवा लिन आग्रह गर्नुभयो ।
उहाँले आगामी दिनमा पनि वडावासीको स्वास्थ्यको लागि अन्य कार्यक्रमहरु पनि ल्याउने बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















