उद्यमीलाई कृषि औजार हस्तान्तरण
वालिङ, २० पुस– वालिङ नगरपालिका भीत्ररहेका कोभिड प्रभावित कृषक तथा नवउद्यमीहरुलाई कृषि औजार हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत वालिङ नगरपालिकाभित्रका कोभिड प्रभावित कृषकहरुलाई टनेल,भ¥याङ, सिकेचर र करौैती लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
कृषि औजार हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले उत्पादन बृद्धि गराउने उद्देश्यले कृषि औजार तथा सामग्रीहरु बितरण गरिएको बताउनुभयो । उपप्रमुख तिवारीले भन्नुभयो, ‘कोरोनाको प्रभावका कारण मारमा परेका कृषकहरुलाई राहत पुर्याउन सामाग्री बितरण गरिएको हो ।’ बितरण गरिएका सामग्रीको सहि सदुपयोग गरेर आर्थिक बृद्धि गर्न समेत उपप्रमुख तिवारीले कृषकहरुलाई आग्र्रह गर्नुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कोभिड प्रभावित कृषकहरुलाई सहयोग गर्न र उनिहरुलाई आर्थिक रुपममा सबल बनाउनको लागि नगरपालिका सदैव कृषकको साथमा रहेको बताउनुभयो । उहाँले नगरपालिकाको समग्र आर्थिक बृद्धिकालागि बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।
परियोजना अन्तरगत कोभिड प्रभावित कृषकहरुलाई उनीहरुकै मागका आधारमा बिभिन्न सामाग्रीहरु प्रदान गरिदै आएको दियालो युएनडिपी नेपालका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । उहाँले कृषक तथा उद्यमीहरुको मागका आधारमा बिभिन्न प्रकृतिका सीपमूलक तालिमहरु सञ्चालन भईरहेको बताउनु भयो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















