स्याङ्जामा ओली पक्षको प्रशिक्षण, प्रचण्ड नेपाल पक्षद्धारा विरोध प्रदर्शन
स्याङ्जा, १४ पुस– ओली पक्षीय नेकपा स्याङजाले जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न गरेको छ । जिल्ला स्थरीय भेला तथा प्रशिक्षण कार्यक्रम सदरमुकाममा रहेको सिटिहलमा सम्पन्न गरेको छ । भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले देशमा भएको अवस्थाले सिंगो नेकपा चिन्तीत भएको बताउनुभएको छ ।
मुख्यमन्त्री गुरुङले पक्ष विपक्षमा भैरहेको कुप्रचारले ओलीलाई केही असर नगर्ने बताउदै कुप्रचार गर्ने नेताहरुलाई नै असर गर्ने बताउनुभयो । गण्डकी प्रदेशका नेकपा इन्चार्ज समेत रहनुभएको गुरुङले नेकपालाई यहाँ सम्म ल्याउन धेरै नेताहरुको योगदान रहेको बताउदै पार्टीमा प्रचण्ड माधव र झलनाथको पनि योगदान रहेको बताउनुभयो । उहाँले नेकपाका नेताहरुले व्यक्तीमाथी दोष थुपारेर पार्टीलाई जोखिममा पारेको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।
प्रशिक्षण कार्यक्रममा नेकपा गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले पार्टी भावनाले भन्दा पनि विचारले चल्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा केन्द्रय सदस्यहरु सीता सुन्दास, चक्रबहादुर पराजुली, नारायण प्रसाद मरासीनी, सीमाकुमारी क्षेत्री, हुमबहादुर गुरुङ लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेकपा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य तथा आँधिखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेकपा नेता उदय श्रेष्ठले गर्नुभएको थियो ।

त्यस्तै उता नेकपा प्रचण्ड– नेपाल समुह पक्षधरले मंगलबार स्याङ्जामा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रचण्ड– नेपाल समुह सडकमा उत्रिएको छ । स्याङ्जाको बसपार्कबाट शुरु भएको विरोध प्रदर्शन स्याङ्जा चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा प्रदेश कमिटि सहइन्चार्ज यशोदा सुवेदीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याउन नेकपा सडकमा उत्रिएको बताउनुभयो । सडक आन्दोलनबाटै संघिय लोकतान्त्रिक संविधान जारि भएको भन्दै सडकबाटै असंवैधानिक कदमलाई सच्याउन कडा संर्घष गर्ने सुवेदीले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य खिमकुमार विक, अनेरास्ववियू केन्द्रिय पुर्व उपाध्यक्ष शोभियत ढकाल, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी, रामचन्द्र भट्टराईलगायतले बोल्नुभएको थियो । कोणसभाको सञ्चालन नेता शैलेन्द्र घिमिरेले गर्नुभएको थियो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















