दोहोरो नागरिकता र राहादानी लिएको कसुरमा एक महिला पक्राउ
स्याङ्जा, २ पुस – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दोहोरो नागरिकता र राहादानी लिएको कसुरमा एक महिलालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ५ मालेपाटनमा डेरा गरी बस्ने ३३ वर्षया मन्जु क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । क्षेत्रीले फरक विवरण पेश गरी दोहोरो नागरिकता एंव राहदानी लिएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलील पक्राउ गरेको हो ।
क्षेत्रीको नाममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारी भएको ४२१०६२–१०–१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नाम मन्जु सेजवाल उल्लेख भएको ०६–०२–७५–०२९९३ नं. को नेपाली नागरिकताको प्रमाण पत्र तथा मन्जु सेजवाल नाम उल्लेख रहेको ११३१०५९८ नं. र मन्जु क्षेत्री नाम उल्लेख रहेको १११११२४९ नं. को राहदानी समेत फेला परेको हुँदा दोहोरो नागरिकता र राहदानी प्रहरीले बरामद गरेको छ । पक्राउ परेकी क्षेत्रीलाई ‘नागरिकता सम्बन्धी कसुरमा’ मुद्धा दर्ता गरी बिहीवार नै स्याङ्जा जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















