उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य पौडेललाई संघ सस्था द्वारा सम्मान
स्याङ्जा, ३० मंसिर–वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा केही दिन अघि मात्रै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका शोभाकान्त पौडेललाई विभिन्न संघ सस्थाले सम्मान गरेकाछन् । पौडेललाई आज वालिङ नगरपालिका १० भकुण्डेमा रहेको फूलबारी बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रिय सदस्य पौडेलले उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै आफु ब्यापारी व्यावसायीको हितमा लाग्नुका साथै समग्र जिल्लाको विकासमा सबै संग सहकार्य गरेर अगाडी बढने बताउनुभयो । वालिङको समग्र विकासको लागि आफु वालिङ उद्योग वाणिज्य संघको निर्वाचनमा निर्वाचित भएपछि सबै संग हातेमालो गरेर अगाडी बढेकोले नै अहिले आफुलाई उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित हुन सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा बोल्दै पौडेलले वालिङ उद्योग वाणिज्य संघले वालिङको आर्थिक विकासको लागि कृषिका साथै घरेलु तथा सान उद्योगको सञ्चालनको लागि पहल गर्दै आएको बताउनुभयो । वालिङलाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने उदेश्यले नापी र मालपोत कार्यालयको स्थापनामा वालिङ उद्योग वाणिज्यसंघले महत्वपुर्ण भूमीका खेलेको बताउनुभयो ।
कोभिड—१९ का कारण समस्यामा परेका उद्योगी व्यवसायी लाई रहात एवं पुर्नउत्थानका लागि समेत सहयोग गरेको पौडेलले बताउनुभयो । यसै गरि केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा वालिङ नगरपालिका वडा नम्बर १० सन्तला सुपर जोन स्याङ्जा, वालिङ हस्पिटल प्रालि
गण्डकी प्रदेश उद्योग वाणिज्य संघ लगायतले सम्मान गरेकाछन् ।
केन्द्रिय सदस्य पौडेलको सम्मानमा मआयोजित कार्यक्रमा बोल्दै वालिङ उद्योग वाणिज्य संका महासचिव धुब्र खाँणले वालिङ उद्योग वाणिज्य संका अध्यक्ष पौडेलको केन्द्रिय सदस्य बन्न सफल भएकोले जिल्लाका व्यापारी एवं व्यावसायीहरुलाई थप हौसला मिलेको बताउनुभयो ।

ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















