फेरिएको माँझीबस्तीको मुहार !
कला राना
स्याङ्जा, ३० मंसिर– पुतलीबजार नगरपालिका १३ मा रहेको माँझी बस्तीको मुहार यतिबेला फेरिएको छ । माछा मारेर गुजरा चलाउदै आएका माँझी समुदायमा नगरपालिकाले कुखुरा पालनको लागि खोर निर्माण गरिदिए सँगै माँझी बस्तीको मुहार फेरिएको हो ।
माँझी समुदायको आयआर्जनमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ माँझी समुदायको लागि सहयोग गरेको नगरप्रमुख सीमा कुमारी क्षेत्रीले बताउनुभयो । नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “माँझी समुदायको माछा मार्ने पेशा दिनप्रतिदिन संकटमा पर्दै गएकोले अब उनीहरुलाई परम्परागत पेशा संगै नयाँ आम्दानीको स्रोतको पहिचान गरि आयस्तरमा बृद्धि ल्याउन सहयोग गर्नुपर्छ भनेर कुखुरा पालनको लागि खोर निर्माणका साथै अन्य आवश्यक सहयोग गरेका हौ ।”
नगरपालीकाले कुखुराको खोर निर्माण संगै कुखुराका चल्ला, दाना र औषधीको समेत ब्यवस्था गरिदिएकोले आफुलाई निकै खुसी लागेको स्थानीय उमा माझीले बताउनुभयो । माँझीले भन्नुभयो, “नगरपालिकाको सहयोगले हामीलाई कुखुरा पालनको लागि हौसला मिलेको छ अब यसैलाई आफ्नो ब्यावसायका रुपमा अगाडी बढाउँछौ ।”
नगरपालिकाले माँझी बस्तीका २४ घरधुरीहरुमा ३० लाख लगानीगरी २४ वटा कुखुराका खोर, २ वटा घर र गोरेटो बाटो निर्माण गरिदिएको छ । २४ घरधुरीका १ सय २५ जना माझीहरु लाभान्बीत भएका छन् । कुखुरालाई आवश्यक पर्ने दाना र औषधीपानी समेत उपलब्ध गराएको छ ।
नगरपालिकाको कार्यालयबाट आर्थीक तथा प्राविधिक सहयोग पछि लोपउन्मुख अवस्थामा रहेको माँझी बस्तीको मुहारै फेरीएको छ । माँझी बस्तीमा खरले छाएका पुराना घरहरुलाई अहिले जस्ताले सझाएर चिटिक्क पारिएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















