फेरिएको माँझीबस्तीको मुहार !
कला राना
स्याङ्जा, ३० मंसिर– पुतलीबजार नगरपालिका १३ मा रहेको माँझी बस्तीको मुहार यतिबेला फेरिएको छ । माछा मारेर गुजरा चलाउदै आएका माँझी समुदायमा नगरपालिकाले कुखुरा पालनको लागि खोर निर्माण गरिदिए सँगै माँझी बस्तीको मुहार फेरिएको हो ।
माँझी समुदायको आयआर्जनमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ माँझी समुदायको लागि सहयोग गरेको नगरप्रमुख सीमा कुमारी क्षेत्रीले बताउनुभयो । नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “माँझी समुदायको माछा मार्ने पेशा दिनप्रतिदिन संकटमा पर्दै गएकोले अब उनीहरुलाई परम्परागत पेशा संगै नयाँ आम्दानीको स्रोतको पहिचान गरि आयस्तरमा बृद्धि ल्याउन सहयोग गर्नुपर्छ भनेर कुखुरा पालनको लागि खोर निर्माणका साथै अन्य आवश्यक सहयोग गरेका हौ ।”
नगरपालीकाले कुखुराको खोर निर्माण संगै कुखुराका चल्ला, दाना र औषधीको समेत ब्यवस्था गरिदिएकोले आफुलाई निकै खुसी लागेको स्थानीय उमा माझीले बताउनुभयो । माँझीले भन्नुभयो, “नगरपालिकाको सहयोगले हामीलाई कुखुरा पालनको लागि हौसला मिलेको छ अब यसैलाई आफ्नो ब्यावसायका रुपमा अगाडी बढाउँछौ ।”
नगरपालिकाले माँझी बस्तीका २४ घरधुरीहरुमा ३० लाख लगानीगरी २४ वटा कुखुराका खोर, २ वटा घर र गोरेटो बाटो निर्माण गरिदिएको छ । २४ घरधुरीका १ सय २५ जना माझीहरु लाभान्बीत भएका छन् । कुखुरालाई आवश्यक पर्ने दाना र औषधीपानी समेत उपलब्ध गराएको छ ।
नगरपालिकाको कार्यालयबाट आर्थीक तथा प्राविधिक सहयोग पछि लोपउन्मुख अवस्थामा रहेको माँझी बस्तीको मुहारै फेरीएको छ । माँझी बस्तीमा खरले छाएका पुराना घरहरुलाई अहिले जस्ताले सझाएर चिटिक्क पारिएको छ ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















