सरकार विरुद्ध कांग्रेसको प्रदर्शन
स्याङ्जा २९, मंसिर, नेपाली कांग्रेसले सरकार बिरुद्ध देशैभर बिरोध प्रदर्शन गरेको छ । सरकारले जनताको हितमा काम नगरेको र भ्रष्टाचारमा तल्लिन भएको आरोप लगाउदै कांग्रेसले देश व्यापी बिरोध प्रदर्शन गरेको हो ।
नेपाली कांग्रेस केन्द्रको नीति अनुसार आज नेपाली कांग्रे स्याङ्जाले पनि जिल्ला सदरमुकाममा बिरोध प्रर्दशन गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित अभियानपथमा रहेको पार्टी कार्यालयबाट निस्केकोे ¥याली नरपरिक्रमागरी सहिदचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले वर्तमान सरकार भ्रष्टाचार, अनियमिततामा डुबेको आरोप लगाउनुभयो । गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी प्रकरण, ३३ किलो सुन काण्ड र ७० करोड घुसकाण्डका आरोपितलाई चोख्याउने काम काममा लागेकाले पनि सरकारको नियत ठिक नभएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस नेताहरु भूमिबहादुर गुरुङ, पूर्व सांसद खगेन्द्रराज रेग्मी, शंकरप्रसाद पाण्डे, प्रतिनिधीसभा सदस्य मोहनप्रसाद पाण्डे, संविधानसभा सदस्य राजु थापा लगायतले बोलेका थिए ।
सभामा बोल्लने बक्ताहरुले वर्तमान सरकारको सर्वसत्तावादी चिन्तनका कारण सर्वसाधारण नागरिकले कोरोना माहामारीका बेला पनि उपचार पाउन नसकेको बताउदै सरकारका बिरुद्धमा उत्रीन बाध्य भएको बताएका थिए । नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्रबहादुर गोदारले गर्नुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















