सरकार विरुद्ध कांग्रेसको प्रदर्शन
स्याङ्जा २९, मंसिर, नेपाली कांग्रेसले सरकार बिरुद्ध देशैभर बिरोध प्रदर्शन गरेको छ । सरकारले जनताको हितमा काम नगरेको र भ्रष्टाचारमा तल्लिन भएको आरोप लगाउदै कांग्रेसले देश व्यापी बिरोध प्रदर्शन गरेको हो ।
नेपाली कांग्रेस केन्द्रको नीति अनुसार आज नेपाली कांग्रे स्याङ्जाले पनि जिल्ला सदरमुकाममा बिरोध प्रर्दशन गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित अभियानपथमा रहेको पार्टी कार्यालयबाट निस्केकोे ¥याली नरपरिक्रमागरी सहिदचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले वर्तमान सरकार भ्रष्टाचार, अनियमिततामा डुबेको आरोप लगाउनुभयो । गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी प्रकरण, ३३ किलो सुन काण्ड र ७० करोड घुसकाण्डका आरोपितलाई चोख्याउने काम काममा लागेकाले पनि सरकारको नियत ठिक नभएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस नेताहरु भूमिबहादुर गुरुङ, पूर्व सांसद खगेन्द्रराज रेग्मी, शंकरप्रसाद पाण्डे, प्रतिनिधीसभा सदस्य मोहनप्रसाद पाण्डे, संविधानसभा सदस्य राजु थापा लगायतले बोलेका थिए ।
सभामा बोल्लने बक्ताहरुले वर्तमान सरकारको सर्वसत्तावादी चिन्तनका कारण सर्वसाधारण नागरिकले कोरोना माहामारीका बेला पनि उपचार पाउन नसकेको बताउदै सरकारका बिरुद्धमा उत्रीन बाध्य भएको बताएका थिए । नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्रबहादुर गोदारले गर्नुभएको थियो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















