वालिङ नगरपालिकाको सबै वडामा आधारभूत स्वास्थ्य सेवा
स्याङ्जा, २९ मंसिर, वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरबासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँ गाउँमा नै पु¥याउने उद्देश्यले संघ सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको ब्यवस्था गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “नगरपालिकाका केही वडाहरुमा स्वास्थ्य संस्था रहेपनि चार वटा वडा स्वास्थ्य संस्थाबिहीन थिए” नगर प्रमुख खाँणले भन्नुभयो, “नभएका वडाहरुमा भवनसहित स्वास्थ्यकर्मीको ब्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेकाछौं ।”
नगरपालिकाका १४ वटा वडामा हाल १७ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । १५ शैयाको गह«ौं प्राथमिक अस्पतालसहित ९ वटा स्वास्थ्य चौकी र ७ वटा शहरी स्वास्थ्य केन्द्र रहेका नगर प्रमुख खाँणले बताउनुभयो ।स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरु प्रदान गर्ने गरी अगाडि बढिएको उहाँले बताउनुभयो ।
वालिङमा १५ शैयाको गह«ौं प्राथमिक अस्पताल सञ्चालनमा रहेको र १५ शैयाको वालिङ नगर अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो ।“स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पूर्वाधारहरु निर्माणको क्रममा रहेकाले वालिङलाई ‘शैक्षिक र मेडिकल कलेजको हब’ का रुपमा विकास गर्ने उद्देश्य छ” नगर प्रमुख खाँणको भनाई थियो ।
हाल वालिङका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधारभूत स्वास्थ्य सेवाहरु अन्तर्गत विरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवा लगायतका सेवाहरु रहेका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















