वालिङ नगरपालिकाको सबै वडामा आधारभूत स्वास्थ्य सेवा
स्याङ्जा, २९ मंसिर, वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरबासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँ गाउँमा नै पु¥याउने उद्देश्यले संघ सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको ब्यवस्था गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “नगरपालिकाका केही वडाहरुमा स्वास्थ्य संस्था रहेपनि चार वटा वडा स्वास्थ्य संस्थाबिहीन थिए” नगर प्रमुख खाँणले भन्नुभयो, “नभएका वडाहरुमा भवनसहित स्वास्थ्यकर्मीको ब्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेकाछौं ।”
नगरपालिकाका १४ वटा वडामा हाल १७ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । १५ शैयाको गह«ौं प्राथमिक अस्पतालसहित ९ वटा स्वास्थ्य चौकी र ७ वटा शहरी स्वास्थ्य केन्द्र रहेका नगर प्रमुख खाँणले बताउनुभयो ।स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरु प्रदान गर्ने गरी अगाडि बढिएको उहाँले बताउनुभयो ।
वालिङमा १५ शैयाको गह«ौं प्राथमिक अस्पताल सञ्चालनमा रहेको र १५ शैयाको वालिङ नगर अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो ।“स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पूर्वाधारहरु निर्माणको क्रममा रहेकाले वालिङलाई ‘शैक्षिक र मेडिकल कलेजको हब’ का रुपमा विकास गर्ने उद्देश्य छ” नगर प्रमुख खाँणको भनाई थियो ।
हाल वालिङका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधारभूत स्वास्थ्य सेवाहरु अन्तर्गत विरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवा लगायतका सेवाहरु रहेका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















