पाँचलाख बराबरको नक्कली चुक नष्ट
नवलपुर, २८ मंसिर, घरेलु तथा साना उद्योग कार्यालय नवलपुरले चुक जस्तो देखिने अमिलो खाद्य बस्तु नष्ट गरेको छ । गैंडाकोटको गोरखकालीका चुक उद्योगले उत्पादन गरि बिक्री बितरणका लागि लैँजादै गर्दा बरामद भएको १५ लिटर क्षमताको भाँडोमा रहेको ८४ ग्यालेन अमिलो खाद्य बस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका कार्यालय प्रमुख बिक्रम सुवेदीले बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिमलकुमार दाहालका अनुसार कर्न–फ्लोर, साईट्रिक एसिड, सोडियम वेञ्जोएट, कृतिम रङ (चिनी डढाउँदा आउने रङ) र बास्ना मिलाएर बनाईएको अमिलो बस्तु कागती तथा निबुवाजस्ता अमिलोजन्य कृषि उत्पादनको कच्चा पदार्थबाट नवनेकोले “ढाँटी–छली उत्पादन र बिक्री” भएको हुँदा नष्ट गरिएको बताउनुभयो । उद्योगलाई आवश्यक कारवाहीका लागि प्रदेश कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ । नष्ट गरिएको नक्कली चुक अमिलो बजार मूल्यअनुसार रु पाँच लाखभन्दा बढीको छ ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















