पाँचलाख बराबरको नक्कली चुक नष्ट


नवलपुर, २८ मंसिर, घरेलु तथा साना उद्योग कार्यालय नवलपुरले चुक जस्तो देखिने अमिलो खाद्य बस्तु नष्ट गरेको छ । गैंडाकोटको गोरखकालीका चुक उद्योगले उत्पादन गरि बिक्री बितरणका लागि लैँजादै गर्दा बरामद भएको १५ लिटर क्षमताको भाँडोमा रहेको ८४ ग्यालेन अमिलो खाद्य बस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका कार्यालय प्रमुख बिक्रम सुवेदीले बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिमलकुमार दाहालका अनुसार कर्न–फ्लोर, साईट्रिक एसिड, सोडियम वेञ्जोएट, कृतिम रङ (चिनी डढाउँदा आउने रङ) र बास्ना मिलाएर बनाईएको अमिलो बस्तु कागती तथा निबुवाजस्ता अमिलोजन्य कृषि उत्पादनको कच्चा पदार्थबाट नवनेकोले “ढाँटी–छली उत्पादन र बिक्री” भएको हुँदा नष्ट गरिएको बताउनुभयो । उद्योगलाई आवश्यक कारवाहीका लागि प्रदेश कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ । नष्ट गरिएको नक्कली चुक अमिलो बजार मूल्यअनुसार रु पाँच लाखभन्दा बढीको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal