सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

नेपाल–चीन सीमा क्षेत्रको तिब्बतमा गएको हिमपहिरोपछि रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्राकृतिक विपत्तिले धेरै परिवारलाई पीडामा पारेको छ भने कतिपय नागरिकको अवस्था अझै अज्ञात छ। यो दुःखद् घडीमा पीडितका साथमा उभिनु हामी सबैको साझा दायित्व हो।

यस विपत्तिमा सर्वसाधारण नागरिक, सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी, सरकारी तथा निजी क्षेत्रमा कार्यरत नेपाली दाजुभाइ–दिदीबहिनी तथा सुन्दर नेपाल अवलोकन गर्न आएका विदेशी पर्यटकसमेत प्रभावित भएका छन्। कोही घाइते छन्, कोही बेपत्ता छन् भने कतिपयले आफन्त र सम्पत्ति गुमाएका छन्। यस्तो दुःखको घडीमा उद्धार, राहत र पुनःस्थापनाका लागि हामी सबैले सरकारसँग हातेमालो गर्न आवश्यक छ।

दुःखमा एकजुट हुनु नेपाली समाजको सुन्दर विशेषता हो। त्यसैले अहिले दोषारोपण गर्नेभन्दा मानवीय संवेदनाका साथ एकअर्काको साथमा उभिने समय हो। राज्यका संयन्त्रसँगै नागरिक समाज, निजी क्षेत्र, संघसंस्था र आम नागरिकको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेकाले उद्धार र राहतवितरणमा चुनौती थपिएको छ। यस्तो अवस्थामा बेपत्ताको खोजी, घाइतेको उपचार, मृतकको पहिचान तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापनालाई प्राथमिकतामा राखिनुपर्छ।

आम नागरिकले पनि आफ्नो क्षमताअनुसार सहयोग गर्न सक्छौँ। आर्थिक सहयोग होस् वा खाद्यान्न, स्वास्थ्य सामग्री, श्रम वा स्वयंसेवा—विपद्को समयमा गरिएको सानो सहयोगले पनि ठूलो अर्थ राख्छ। पीडितको गोपनीयता र सम्मानमा चोट पुग्ने काम नगरौँ। अपुष्ट सूचना र अफवाह फैलाउनुको सट्टा सही सूचना प्रवाह गरौँ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको सकुशल उद्धारकार्यमा सबै लागाै।

घटनामा परी ज्यान गुमाउनुभएका मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछाैँ,

विपद् पिडितकाे मात्र पीडा होइन, यो हामी सबैको साझा परीक्षा हो। त्यसैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ। मानवीयता जोगाऔँ, जीवन बचाऔँ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal