वालिङमा धार्मिक अनुष्ठान शुभारम्भ

वालिङ,१७ वैशाख- वालिङमा श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान शुभारम्भ भएको छ । वालिङमा केदारनाथ शिवधाम निर्माणार्थ श्रीमद्भागवत् सप्ताह तण्डुलाचल श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान—२०८२ को नेपाल सरकारका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शुभारम्भ गर्नु भयाे।

महायज्ञको शुभारम्भ गर्दै उपप्रधान एवं शहरी विकास मन्त्री सिंहले धर्मशाला निर्माण गर्नु अत्यन्त राम्रो कुरा भएको बताउनुभयो । उहाँले वालिङमा धर्मशाला निर्माणका लागि सरकारकाे तर्फबाट सहयोग गर्ने समेत बताउनुभयाे।

नेपाली कांग्रेसका नेता समेत रहजुभएका शहरी विकास मन्त्री सिंहले धर्म भनेको समाजमा के गर्न हुने के नहुने भन्ने आफैले छुट्याउन सक्ने नीति भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हरेक पेशा व्यवसायको पनि आ—आफ्नो धर्म हुन्छ भने यो धर्म भनेको समाजलाई हीतहुने काम गर्नुपर्छ भन्ने नीति हो । धर्मकै आधारमा राजनीति गर्नेहरु सेवा गर्न भनेर लागेका व्यक्ति हुन् । त्यसैले सबैलाई मान्यहुने गरी गरिएका धार्मिक कार्यहरुमा हामी उपस्थित हुने गरेका छौं ।” 

विगतमा आफ्ना स्वर्गीय पिता गणेशमान सिंह, गिरिजाप्रसाद कोईराला, किसुनजीलगायतका नेतृत्व स्याङ्जामा आएको स्मरण गर्दै उहाँले त्यसकारण पनि आफूलाई यो ठाउँमा आउने मन भएको बताउनुभयाे। समाजसेवी डोलराज शर्माको अनुरोध र भगवानको कृपाले आफू महायज्ञ शुभारम्भमा आउने अवसर मिलेको मन्ती सिंहकाे भनाई थियाे।

कार्यक्रममा प्रतिनिधि सभासदस्य राजु थापा, प्रदेश सभासदस्य सरस्वती तिवारी समाजसेवी डाेलराज शर्मा पंगेनी लगायतले बाेल्नुभएकाे थियाे।

वैशाख २३ गते सम्म वालिङ खृल मैदानमा संचालन हुने धार्मिक महाेत्सवमा पंडित नेत्रप्रसाद पराजुलीले वाचन गर्नुहुने छ।

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal