नेता होइन, परिवर्तनको अगुवा बन्नुपर्छ !
मुना न्यौपाने
आजका दिनमा राजनीति केवल पद, पैसा, र प्रभाव जमाउने खेलजस्तै बनिसकेको छ । जो जसरी पनि माथि उठ्न चाहन्छन्, चाहे त्यसका लागि चाकडी गर्नुपरोस्, झूट बोल्नुपरोस्, वा आफ्नै आत्मालाई बेच्नुपरोस् । नेतासँग फोटो खिच्दैमा कोही असल नेतृत्वकर्ता बन्दैन, कुर्सीको पछि कुद्दैमा कोही राष्ट्रसेवक बन्दैन । साँचो नेता त त्यो हो, जसले सत्यका लागि लड्न सक्छ, जसले अन्यायको अगाडि कहिल्यै शिर निहुराउँदैन ।
तर, के आज हाम्रा युवाहरू त्यस दिशामा हिँडिरहेका छन् त ?
हामीले देखिरहेका छौं–धेरैजसो केवल अवसर खोजिरहेका छन् । उनीहरू गलतलाई गलत भन्न डराउँछन्, कारण स्पष्ट छ–कुनै नेताको आँखामा चढ्न चाहन्छन्, कुनै संस्थाबाट लाभ लिन चाहन्छन्, कुनै अवसर गुम्न दिन चाहँदैनन् । यस्तो प्रवृत्तिले समाजलाई कहाँ पुर्याउने?
अब मौन बस्ने होइन, बोल्ने समय आएको छ !
हाम्रो देशलाई यस्ता ‘पद लोलाउनेहरू’ होइन, यथार्थ बोल्ने, न्यायका लागि उठ्ने, अनि समाजलाई सही बाटोमा डोर्याउने असल नेतृत्व चाहिएको छ ।
युवा हो, डर किन ? के हामी अरूको जयजयकार गर्दै जिन्दगी बिताउने ? के हामी गलत देखेर पनि आँखा चिम्लिने ?
के हामी पनि केवल पदकै पछि लाग्ने ?
अब कुर्सीको पछि होइन, विचारको पछि लागौं !
अब नामको नेता होइन, कामको नेतृत्व बनौं !
अब चाकडी होइन, चरित्र देखाऊँ !
परिवर्तन कसैले दिएर ल्याउँदैन, हामी आफैंले निर्माण गर्नुपर्छ !
यदि हामी साँचो परिवर्तन चाहन्छौं भने, अब हामीले उठ्नुपर्छ, बोल्नुपर्छ, लड्नुपर्छ–स्वार्थका लागि होइन, समाजको सुधारका लागि अब समय आएको छ–नेतृत्व उठाउने, जागरुक हुने, अनि साँचो न्यायको पक्षमा उभिने ।
अब प्रश्न यो होइन कि ‘हामी कहिले नेता बन्ने ?’, प्रश्न यो हो –हामी कहिले असल नेतृत्व गर्ने? “अब निन्द्राबाट उठौं, आवाज उठाऔं, र यो देशलाई नयाँ दिशा दिऔ !”
लेखकः न्यौपाने प्रेस चौतारी नेपाल स्याङ्जाको सहसचिव एवं मिर्मी बहुमुखि क्याम्पसको स्ववियु सभापति हुनुहुन्छ ।
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















