स्याङ्जाको समग्र विकासको लागि एक भएर लागौः मुख्य सचिव अर्याल

वालिङ,१३ असोज- नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले स्याङ्जा जिल्लको समग्र विकासको लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । विकासको लागि सबै राजनीतिक दलहरु एक भएर लागेमा काम गर्न सहज हुने मुख्य सचिव अर्यालको भनाइ रहेको छ । जिल्ला बासिको निकै चासोको रुपमा रहेको पोखरा सुनौली सिद्धार्थ राजमार्गको विस्तारको विषयमा अर्थमन्त्री विष्णु पौडेल संग कुरा भइसकेको र यो सडकको बारेमा अर्थमन्त्री पौडेलले विशेष रुपमा लिएको समेत बताउनुभयो ।

आईतबार जिल्लाबासीको तर्फबाट वालिङमा आयोजना गरिएको बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल सरकारका नवनियुक्त मुख्य सचिव अर्यालले सो कुरा बताउनुभएको हो ।


सिद्धार्थ राजमार्ग विस्तारले स्याङ्जा जिल्लाको लागि मात्र नभएर पोखरा र लुम्विनीसँग जोड्ने भएकाले देशकै लागि ठूलो महत्व राख्ने भएकाले पनि यो सडक सरकारको प्राथमिकतामा रहेको मुख्य सचिव अर्यालले बताउनुभयो ।
यसैगरी आँधिखोला करिडोर मार्फत पर्यटन विकास गर्ने, ज्याग्दी करिडोर निर्माणलगाएतका विषय पनि उत्तिकै महत्वपूणर् छन् । यसलाई पनि आँफूले राष्ट्रिय योजना आयोगमा छलफलको विषय बनाईरहेको उल्लेख गर्दै मुख्य सचिव अर्यालले सकारात्मक पहल गर्ने बताउनुभयो । यस्तै गरेर आवस्यकता र समय सापेक्ष विस्तारका लागि स्वास्थ्य, शिक्षा, कृषिका क्षेत्रको प्रवद्र्धनमा पनि आफ्नो ध्यान जाने उहाँको भनाई छ ।

कार्यक्रममा वालिङ ईलाका प्रशासन कार्यालय वालिङका लागि जग्गा प्रदान गर्ने दाताहरुलाई फूलमाला र दोसल्ला ओडाएर मुख्य सचिव अर्यालले सम्मान गर्नुभएको छ । वालिङ ११ सुर्कौंदीका ध्रुवराज शर्मा/कपिलदेव शर्मा, विष्णुप्रसाद पंगेनी/यामकुमारी पंगेनी र खड्क कुमारी खाँणलाई सम्मान गरिएको हो ।

यसैगरी पालिकाहरु र संघ संस्थाहरुको तर्फबाट मुख्य सचिव अर्याललाई बधाई एवं दिनुका साथै सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले स्वागतसहित मुख्य अर्यालको जिवनीका बारेमा चर्चा गर्नुभएको थियो । यस अघि जिल्लाका राजनीतिक दलका प्रतिनिधी, जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकागरी ११ वटै पालिका प्रमुख उप प्रमुखलगाएत जनप्रतिनिधी, नागरिक समाज, निजी संस्थाका प्रतिनिधी एवम् सञ्चारकर्मीहरुबीच समग्र जिल्लाका विषयमा छलफल गरिएको थियो । छलफलमा जिल्लाको वृहत्तर विकासका सन्दर्भमा सहभागीहरुले प्रतिनिधीमूलकरुपमा आ—आफ्ना तर्फबाट धारणा राख्नुभएको थियो ।

योसँगै जिल्लाका ११ वटै पालिकाको निणर्य अनुसार सडक स्तरोन्नति तथा पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, पर्यटन विकासलगाएतका विषयलाई समेटेर तयार पारिएको ज्ञापनपत्र जिल्ला समन्वय समिति प्रमुख श्री प्रसाद जिटीले मुख्य सचिव अर्याललाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितिको आयोजना र स्थानीय पालिका सबैको सहआयोजनामा गरिएको हो । यसैगरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाको व्यवस्थापन र वालिङ उद्योग वाणिज्य संघ सहयोगी संस्थाको भूमिकामा रहेका थिए ।

ताजा

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

सूर्योदय

२०८२ चैत्र २३ गते, सोमबार

प्रदेश र स्थानीय तहका विज्ञापनमा प्रदेशकै सञ्चार माध्यमलाई प्राथमिकता दिइने

२०८२ चैत्र २३ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal