वालिङ नगरपालिकाद्वारा बजेट सार्वजानिक


मणीप्रसाद अर्याल
वालिङ,१३ भदौ- वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को आयव्यय बजेट विवरण सार्वजानिक गरेको छ ।
पछिल्लो समयमा बजेटको विषयमा विभिन्न टिकाटिप्पणी आईरहेको बेला नगरपालिकाले नगरको बजेटको विवरण पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले उठाएका विषयहरुमा नगरप्रमख खांणले वालिङ नगरपालिकाको विकास र समृद्धिको लागि सवै एकजुट हुनुपर्ने, साना मसिना कुराम विवाद तर्फ लागियो भने सिंगो नगरपालिका असफल हुने बताउदै बजारमा आएको हल्ला जस्तो नभइ बजेट विधि र प्रक्रियाबाट आएको जानकारी दिनुभयो ।
आम्दानी शीर्षकमा आन्तरिक र संघिय तर्फ ८९ करोड ८४ लाख ६८ हजार ७४१ रहेकोमा आन्तरिक स्रोत तथा विभिन्न शीर्षकको ६ करोड, गत वर्षको अल्या ९ करोड ६६ लाख ९३ हजार २४१, संघिय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, वित्तिय समानीकरण अनुदानमा १५ करोड १० लाख, समपुरक अनुदानतर्फ २ करोड ८५ लख, विषेश अनुदान तथा चालु पुँजीगत १ करोड २० लाख र शर्सत अनुदान चालुतर्फ ४२ करोड ४ लाख ७५ हजार ५०० रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदानमा २ करोड १० लाख २२ हजार, समपुरक अनुदानतर्फ १ करोड, राजस्व बाँडाफाँड सवारी साधानतर्फ १ करोड ५७ लख २६ हजार, राजस्व बाँडफाँड दहत्तर बहत्तर तर्फ ६० लाख, घरजग्गा रजिटे्रशन १ करोड, विज्ञापन कर बापत १ लाख ९८ हजार गरी कुल ६ करोड २९ लाख ४६ हजार रहेको छ । यसरी आम्दानी तर्फ संघिय, आन्तरिक र प्रदेश गरी कुल ९६ करोड १४ लाख १४ हजार ७४१ रकम रहेको छ ।


तयस्तै खर्चतर्फ संघिय आयोजना तथा कार्यक्रम तर्फ ४६ करोड ९ लाख ७५ हजार ५००, प्रदेश सरकार समानीकरण अनुदानतर्फ २ करोड १० लाख २२ हजार, बजेट उप शीर्षक वित्तिय समानीकरण अनुदानतर्फ १५ करोड १० लाख, राजस्व बाँडफाँट सवारी साधन प्रदेश सरकारतर्फ १ करोड ५७ लाख २६ हजार, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, दहत्तर बहत्तर, ढुंगा गिटी बालुवा, विज्ञापनतर्फ ६१ लाख ९८ हजार, विपद व्यवस्थापन १ करोड, आन्तरीक स्रोत अल्या समेत तर्फ १५ करोड ६६ लाख ९३ हजार २४१, मर्मत सम्भार कोष खाता संचालन हुने योजनाहरुतर्फ ६३ लाख गरी ९६ करोड ७७ लाख १४ हजार ७४१ रुपैँयाको बजेटको विवरण नगरप्रवक्ता पदमराज गुरुङले प्रस्तुत गर्नुभएको थियो ।

ताजा

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

सूर्योदय

२०८२ चैत्र २३ गते, सोमबार

प्रदेश र स्थानीय तहका विज्ञापनमा प्रदेशकै सञ्चार माध्यमलाई प्राथमिकता दिइने

२०८२ चैत्र २३ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal