भीरकोटले बाढी पहिरो प्रभावितलाई राहत दि

अर्जुन काफ्ले

स्याङ्जा,११ साउन- भीरकोट नगरपालिकाले मनसुनसँगै बाढी पहिरोले मानविय क्षति एवम् अन्य क्षति पुगेको परिवारलाई राहत दिने भएको छ । मानवीय क्षतिलाई एक लाख, घर पूर्ण क्षतिलाई ५० हजार, गोठ पूर्ण क्षतिलाई ३० हजार, शाैचालय पूर्ण क्षतिलाई निर्माण सामग्री पाँच हजार, लैनो भैंसी मरेको २५ हजार, थारो भैँसी मरेको भए १० हजार र बाख्रो मरेको भए पाँच हजारका दरले तत्काललाई राहत दिने निर्णय गरेको हो । 

पालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले निर्णण गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बतउानुभयो । पालिकाभित्र यो वर्षमा भएका विपद्जन्य घटना तथा सो बाट प्रभावितहरुको राहत, उद्धार तथा पुनःस्थापना सम्बन्धमा छलफल गरेर निर्णय गरिएको ढुङ्गानाले बताउनुभयो । 

यस्तै, वर्षाजन्य मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सबै स्थानीय व्यवस्थापन समिति तयारी अवस्थामा बस्ने, अति वर्षा भयो भने सडक अवरुद्ध हुने हुँदा त्यसका लागि जेसिबी लगायतका मेसिन तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । 

असार महिनामा आएको बाढी तथा पहिरोले कृषि, पशु र सिंचाइको क्षेत्रमा पारेको क्षतीको मर्मत तथा राहतका लागि सबै निकायलाई अपिल गरिएको छ । भीरकोटमा यस वर्षको बाढी तथा पहिरोको कारण दुई जनाको मृत्यु भएको छ भने तीन वटा भैसी र १६ वटा बाख्रा मरेका छन् ।

नगरपालिकाले दिएको तथ्याङ्क अनुसार ११ वटा घर पूर्ण क्षति भएका छन् भने एउटा मन्दिर र दर्जनौं खानेपानी ट्याङ्की पहिरोले बगाएको छ । दुई वटा गोठ पूर्णरुपमा नष्ट हुँदा एउटा विद्यालयमा आंशिक क्षति पुगेको छ । यस्तै दुई वटा पक्की पुलमा क्षति पुगेको छ भने ११५ वटा घर जोखिममा रहेको पालिकाको तथ्याङ्क छ । अहिलेसम्म पहिरोका कारण १७ घरपरिवार विस्थापित भैसकेको नगरपालिकाले जनाएको छ । गाेप

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal