स्याङ्जामा नौ जनाको मृत्यु, एक सय १२ घर पहिरो जोखिममा

फाईल तस्विरः

अर्जुन काफ्ले

स्याङ्जा,२६ असार- मनसुन सुरु भएसँगै स्याङ्जामा नौ जनाले ज्यान गुमाएका छन् भने सात जना बाढी पहिरोले घाइते भएका छन् । तीन घर पूर्णरूपमा क्षति भएको छ भने ११२ घर पहिरोको जोखिम रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । 

त्यस्तै ११ गोठ पूर्णरूपमा क्षति हुँदा ३७ पशुचौपाया मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२ चौपाया घाइते भएका छन् भने २७ गोठ पहिरोको जोखिममा छन् । 

११ पालिका रहेको जिल्लामा पुतली बजारमा दुई जनाले ज्यान गुमाएका थिए भने ६÷६ घर र गोठ जोखिममा रहेका छन् भने दुई घरमा सामान्य क्षति पुगेको छ । 

त्यस्तै बिरुवा गाउँपालिकामा तीन जनाले ज्यान गुमाएका छन् भने पाँच जना मानिस घाइते भएका छन् । दुई घर पूर्णरूपमा क्षति भएको थियो भने एक घर जोखिममा छ । 

त्यस्तै गल्याङमा २४ घर र एक गोठ जोखिममा छन् भने ३ चौपाया मरेका छन् । त्यस्तै वालिङमा विपदबाट एक जना घाइते हुनुका साथै सात घर र छ गोठ जोखिम रहेको प्रहरीले जनाएको छ । 

वालिङमा चार चौपाया मरेका छन् भने तीन चौपाया घाइते भएका छन् । त्यस्तै भीरकोटमा एक जनाले ज्यान गुमाएका थिए भने एक घर पूर्ण क्षति हुँदा ३२ घर र ६ गोठ जोखिम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भीरकोटमा एक गोठ पूर्ण क्षति भएको थियो भने २० चौपाया मर्नुका साथै एक घाइते भएको प्रहरीले जनाएको छ । 

यस्तै आँधीखोला गाउँपालिकामा एक जना मानिसले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका छन् । 

आँधीखोलामा दुई गोठ पूर्णरूपमा क्षति हुँदा दुई चौपाया मरेका थिए भने एउटा चौपाया घाइते भएका छन् । त्यस्तै १९ घरमा सामान्य क्षति भएको छ भने एक गोठ जोखिममा रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै फेदीखोलामा दुई मानिसले ज्यान गुमाएका थिए भने एक घर जोखिममा छ । कालीगण्डकीमा ६ घर र दुई गोठ जोखिममा छन् । त्यस्तै हरिनासमा दुई गोठमा क्षति हुँदा ३ चौपाया मरेका छन् भने दुई घर जोखिममा छन् । 

त्यस्तै अर्जुनचौपारीमा एक गोठमा पूर्ण रूपमा क्षति हुँदा पाँच चौपाया मरेका छन् भने ७ चौपाया घाइते भएका छन् । त्यस्तै ३३ घर र छ गोठ पहिरोको जोखिममा छन् । 

समाज भवन, स्वास्थ्य केन्द्र भवन र सवारी साधन गरी ११ वटामा क्षति भएको प्रहरीले जनाएको छ ।गोप

ताजा

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal