वालिङमा मेलमिलाप कर्तालाई प्रशिक्षण


मणी प्रसाद अर्याल
वालिङ,२४ वैशाख- वालिङमा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै स्याङ्जा जिल्ला न्यायाधिश वासुदेव पौडेलले मेलमिलाप पुण्यको काम भएको बताउनुभयो । जिल्ला न्यायाधिश पौडेलले मेलमिलापको काम पूण्यको काम भएकाले राम्रोसँग निरुपण गर्न मेलमिलाप कर्ताहरुलाई अनुरोध गर्नुभयो ।
गत हप्ता आँधिखोला गाउँपालिकाबाट सुरु गरेको यात्रा आज वालिङ आएको बताउँदै जिल्ला न्यायाधिश पौडेलले नगरपालिकाले यति धेरै मेलमिलाप कर्ता उत्पादन गरेको छ, अवस्य पनि न्यायीक सेवा प्रभावकारी बन्ने ंव्यक्त गर्नुभयो । वालिङ विवाद हुने पालिकामा पर्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा जिल्लामा आउने मुद्दा न्यून हुने विश्वास व्यक्त गर्नुभयो । न्यायिक कार्य सुत्रवत नहुने भन्दै जिल्ला न्यायाधिश पौडेलले के कस्तो रुपमा आउँछ त्यही अनुरुप निरुपण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

न्यायीक समितिकि संयोजक एवम् वालिङ नगर उपप्रमुख कविता तिवारी गैहे्रले गतवर्ष पालिकामा भएका न्यायीक गतिविधिसहित कार्यक्रमको जानकारी गराउनु भएको थियो । आर्थिकवर्ष २०८०/०८१ मा जम्मा ६६ वटा मुद्दा आएको उपप्रमुख गैह्रेले बताउनुभयो । उहाँका अनुसार ३४ वटा मुद्दा नगरपालिकामा र ३२ वटा वडाहरुमा मेलमिलाप कर्ताहरुकाबीचमा आएको थियो । यसमध्ये ३ वटा मुद्दा अदालत पठाइएको र बाँकि नगरपालिका तथा मेलमिलापकर्ताहरुबाट निरुपण गरिएको छ । नगरपालिकाका १४ वटै वडामा गरी १ सय १ जना मेलमिलाप कर्ता छन् ।
सबै मेलमिलापकर्ताहरुलाई कालो कोट प्रदान गरिएको छ भने वडा नम्वर ७ का हुमाकान्त रेग्मी र १४ का लुकामाया पाठकलाई उत्कृष्ट काम गरे वापत प्रशंसा पत्रले सम्मान गरिएको छ ।
कार्यक्रमको समापन गर्दै नगरप्रमुख कृष्ण खाँणले स्थानीयतहले न्यायीक सेवाको काम गर्न पाउनु राम्रो अवसर भएको बताउनुभयो । नगरप्रमुख खाँणले न्याय नपाए वालिङ यो अवसरको सदुपयोग गर्दै जानु भन्ने सन्देश दिने समेत बताउनुभयो । आज प्रदान गरिएको कोटको सम्मान गर्दै मेलमिलापकर्ताहरुले चुस्त दुरुस्त न्यायीक सेवा दिने विश्वास नगरप्रमुख खाँणले व्यक्त गर्नुभयो ।

ताजा

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal