गाउँमा विकास पुगे पनि बस्ती खालिहुने क्रम रोकिएन ःपूर्व मन्त्री अर्याल


वालिङ,२८ माघ- नेपाल सरकारका पूर्व मन्त्री एवं नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले गाउँमा विकास पुगे पनि बस्ती खालिहुने क्रम नरोकिनु दुःखको कुरा भएको बताउनु भएको छ । उहाँले उर्जाशील जनशक्ति बाहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शनिबार आठौँ वालिङ महोत्सवको समापन कार्यक्रममा सम्वोधन गर्दै पूर्व मन्त्री अर्यालले गाउँमा शिक्षा, स्वास्थ्य, सडकलगायतका भौतिक पुर्वाधार पुगिरहेको भएपनि गाँउबस्ती रित्तो हुँदै गएको उल्लेख गर्दै यो विषयमा बहस गर्न आवश्यक रहेको औंल्याउनुभयो । गाउँमै बस्ने र आफ्नै देशमा अडिने वातावरण सिर्जनाका लागि नयाँ बहस गर्न आवश्यक रहेकोमा उहाँको जोड छ ।
देशको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत योगदान निजी क्षेत्रको भएको भन्दै यति धेरै योगदान गर्ने निजी क्षेत्र किन निराश भएको भन्ने विषयको जड पत्ता लगाउनपर्ने उहाँको भनाई छ । राष्ट्रको पुँजी निर्माण गर्ने क्षेत्र शिथिल हुँदै गएको अवस्था छ । देशमा व्यापार घाटा बढिरहेको छ भने राजस्व संकलन कम हुँदा मुलुक कहाँ जाँदै छ भन्ने विषय सोँचनीय रहेको छ । देशका विभिन्न क्षेत्र समस्याग्रस्त बन्दै गएको भन्दै नेपाल आर्थिक रुपमा कमजोर हुँदै गएकोमा पुर्व मन्त्री अर्यालले चिन्ता व्यक्त गर्नुभयो ।
अहिले भन्दा आउने वर्ष आर्थिक अवस्था झनै कमजोर हुँने प्रक्षेपण गरिएको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहेको उहाँको तर्क छ । देशको विकास र समृद्धिका लागि सरकार सचेत हुनुपर्नेमा जोड दिँदै योजनावद्ध ढंगले सरकार अगाडि बढ्न आवश्यक रहेको ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले वालिङ उद्योग वाणिज्य संघ वालिङको पहिचान र विकासका लागि महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । साथै गण्डकी प्रदेश मन्त्री तिवारीले प्रदेशले एक घर एक धाराको अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अगाडि बढ्ेको भन्दै खेतियोग्य जमिन सिंचाईको अभावले बाँझिने अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश सरकारले स्याङ्जाकोे शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधारलगायतमा प्रथमिकता दिएको उल्लेख गर्दै स्याङ्जामा प्रदेशका कतिपय योजना निर्माणाधिन रहेको र कतिपय आगामी वर्षमा समेटिने बताउनुभयो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक चेतनारायण श्रेष्ठले आठौँ वालिङ महोत्सवले ऐतिहासिक सफलता प्राप्त गरेको बताउनुभयो । महोत्सवमा ३ लाख भन्दा धेरै दर्शकले प्रत्यक्ष अप्रत्यक्ष रुपमा मेलाको अवलोकन गरेको बताउनुभयो । आयोजकको लक्ष्य भन्दा बढि अर्थात १० करोड भन्दा बढिको व्यापारिक कारोबार भएको भन्दैे मेलाले स्थानीय तथा घरेलु उद्यमीद्वारा उत्पादित वस्तुको विक्रि तथा बजारीकरणको लागि टेवा पुगेको संयोजक श्रेष्ठको भनाइ थियो ।
यसैबीच महोत्सवमा आयोजित प्रतियोगितात्मक कार्यक्रमहरुमा सहभागिता जनाई बिभिन्न स्थान प्राप्त गर्नेहरुलाई पुरस्कृत गरिएको छ । यस अन्तर्गत स्याङ्जा डान्स आईडल सिजन थ्रिको उपाधी जसमिन थापाले प्राप्त गरेकी छन् भने सोफिया गुरुङ दोस्रो र स्थान श्रेया थापाले तृतीय भएकी छन् । त्यस्तै रुहानि श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेकी थिइन् । त्यस्तै विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सगरमाथा आवसीय मावि प्रथम, बालसिद्ध मावि द्वितीय, भूपू सैनिक आवसीय मावि तृतीय र बालविद्या मावि सान्त्वना हाँसिल गरेको थियो । त्यस्तै भजन गीत प्रतियोगितामा राधाकृष्ण भजन समूह चापाकोट ६ साँखर प्रथम, जुनेली भजन समूह कालिकाकोट द्वितीय, महिमा भजन समूह मग्याम चिसापानी तृतीय हुँदा उत्तर बाहिनी भजन समूह सान्त्वना भएको थियो । त्यस्तै रत्यौली गीत प्रतियोगितामा बायँटारी भाउजु समूह प्रथम, सुर्कौदी आमा समूह द्वितीय, शिवमन्दिर आमा समूह तृतीय र भीमटारी आमा समूह तृतीय स्थान प्राप्त गरेको थियो । यसरी प्रतियोगितात्मक कार्यक्रममा बिभिन्न स्थान हाँसिल गर्नेहरुलाई नगदसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १८ देखि खेलमैदानमा सञ्चालन गरिएको आठौं वालिङ महोत्सव २०८० आइतबार समापन भएको हो ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal