वालिङ महोत्सवमा तेस्रो दिन दर्शककाे घुइचाे, हजाराैले गरे अवलोकन
वालिङ,२० माघ- यही माघ १८ गते बिहीबारदेखि सुरु भएको आठौं वालिङ महोत्सवको तेस्राे दिन आज दर्शककाे घुइचाे लागेकाे थियाे। महाेत्सवकाे हजारौं दर्शकले अवलोकन गरेका आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सव परिसरमा दर्शकहरु भरिभराउ रहेकाले हजारौको संख्यामा उपस्थिति रहेको अनुमान गरिएको संयोजक श्रेष्ठको भनाई छ । विगतका महोत्सवको साख कायम गर्नुकासाथै सभ्य र भव्यरुपमा आठौं संस्करणको महोत्सव सम्पन्न हुनेमा आजको उपस्थितिले सावित गरेको उहाँले उल्लेख गर्नुभयो ।
आजमात्र २० हजार बढीले महोत्सव अवलोकन गरेका संघका सचिव तथा प्रचार प्रसार एवं कलाकार संयोजन उपसमितिका संयोजक पिताम्बर खनाल ( शुसिल ) ले जानकारी दिनुभयो । वालिङस्थित खेलमैदानमा सञ्चालित आठौं वालिङ महोत्सव २०८० को तेस्रो दिन शनिबार विदा परेकाले पनि दर्शकहरुको भीड लागेको हो ।

आज राष्ट्रिय कलाकार पुरुषोत्तम न्यौपानेका गीतले दर्शकहरु मन्त्रमुग्ध पारेको थियो । यसैगरी भिमु गुरुङ, दिनेश क्षत्री, यम नेपाली, सुनिता नेपाली, राजेश भण्डारी, जगत गौंडेललगायतको प्रस्तुतिले दर्शकहरुलाई नचाउनुकासाथै रमाइलो प्रदान गरेको थियो । यस्तै सुगम संगीतका रुपक डोटेलले दर्शकहरुलाई निकै झुमाएको थियो भने दिपक थापाको जादुगरीकोसाथमा हास्य प्रस्तुतिले निकै रोमान्चित बनाएको थियो ।
प्रतियोगितात्मक कार्यक्रमहरुमा रत्यौलीगीत, लोक भजन एवम् स्याङ्जा डान्स आइडलका प्रतिस्पर्धा भए । जसमा रत्यौलीका २, डान्स आइडलका ३ र लोक भजनगीत अन्तर्गत एक समूहको प्रतियोगिता सञ्चालन भएको हो । बाँकी रहेकाहरुको दैनिकरुपमा प्रतिस्पर्धा गराउँदैजाने संघका उपाध्यक्ष एवम् आठौं वालिङ महोत्सव सांस्कृतिक उपसमितिका संयोजक खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो ।
यसैगरी भोलि आइतबार राष्ट्रिय कलाकारहरुमा प्रजापति पराजुली, श्याम राना, मञ्जु विक, नेत्र खड्का, तारा पौडेल, सङ्गीता पौडेल, जगत गौंडेल, राजेश भण्डारी, शान्ति कार्कीको प्रस्तुति रहने छ । यसैगरी पप आधुनिक तर्फ सन्दिप बस्यालकोसाथमा हास्य कलाकार पोखरेली माग्ने धुर्मुसको विशेष प्रस्तुति रहने प्रचार प्रसार एवं कलाकार संयोजन उपसमितिका संयोजक खनालले जानकारी दिनुभयो ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















