दुना टपरी उद्योगबाट मासिक चार लाख आम्दानी

होमराज रानाभाट

कावासोती,१६ माघ- पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १६ मा सालको पातको दुना,टपरी बनाएर बिक्री गर्ने र विदेश जानेहरूलाई प्रेरणाका स्राेत मात्रै होइनन कमाई लिन र रोजगारी दिन दुवै सक्षम भएका छन् दुना टपरी व्यवसायी वासुदेव गिरी ।

आफू सँगका साथीभाइ सबै पैसा कमाउन बिदेसिए तर गिरी विदेशको नाम उच्चारण गर्न पनि मान्दैनन् र दुना टपरी उद्योग चलाएर मासिक चार लाख बढी कमाउँछन् र आफ्नो उद्योगमा ६५ बढी महिलालाई रोजगारी दिन समेत सफल भएका छन् ।

पूर्बी नवलपरासीको कावासोती नगरपालिका वडा नं १६ अज्यौलीको  डण्डाबजारमा ईन्द्रदेब दुना टपरी उद्योग सञ्चालन गरेका गिरीले सालको दुना टपरी बनाएर मासिक चार लाख बढी कमाउने गरेको बताउनुहुन्छ भने कारखाना नै चलाएर धेरैलाई रोजगारी समेत दिएको बताउनुहुन्छ ।

४० बटा दुना टपरी बनाउने मेशिन चलाएर राम्रो आम्दानी लिन सफल गिरी त्यहाँ उत्पादित दुना टपरी काठमाडौँ,पोखरा,नारायणगढ,बुटवल,लगायत देशको सबै ठाउँमा सजिलै बिक्री हुने गरेको बताउनुहुन्छ ।

दुना टपरी उद्योगमा कामदारका रुपमा रहेका दल बहादुर विकले यसबाट राम्राे आम्दानी लिन सफल भएका बताउनुहुन्छ । मेशिनमा जति धेरै दुना टपरी बनायो त्यति धेरै पैसा कमाउन सकिने र यो पेशा नै रोजगारीको राम्राे  र भरपर्दो आयस्राेत भएको अर्की रामकुमारी थापाको भनाई छ ।

नेपाल भरि यसको व्यापार राम्राे  रहेको र सालको दुना टपरी ठुलो बण्डलको   एक सय पचास र सानो बण्डलको असी रुपियाँमा र थोकका एक रुपियाँमा बिक्री हुने गरेको सञ्चालक गिरीको भनाई छ ।

बिहे भोज देखि व्रतबन्ध,पूजापाठ,लगायत हरेक शुभ कार्यमा दुना टपरी को माग अत्यधिक बढ्न थाले पछि पुर्‍याउन धौ धौ हुने गरेको गिरीको भनाई छ ।गोप

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal