दुना टपरी उद्योगबाट मासिक चार लाख आम्दानी

होमराज रानाभाट

कावासोती,१६ माघ- पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १६ मा सालको पातको दुना,टपरी बनाएर बिक्री गर्ने र विदेश जानेहरूलाई प्रेरणाका स्राेत मात्रै होइनन कमाई लिन र रोजगारी दिन दुवै सक्षम भएका छन् दुना टपरी व्यवसायी वासुदेव गिरी ।

आफू सँगका साथीभाइ सबै पैसा कमाउन बिदेसिए तर गिरी विदेशको नाम उच्चारण गर्न पनि मान्दैनन् र दुना टपरी उद्योग चलाएर मासिक चार लाख बढी कमाउँछन् र आफ्नो उद्योगमा ६५ बढी महिलालाई रोजगारी दिन समेत सफल भएका छन् ।

पूर्बी नवलपरासीको कावासोती नगरपालिका वडा नं १६ अज्यौलीको  डण्डाबजारमा ईन्द्रदेब दुना टपरी उद्योग सञ्चालन गरेका गिरीले सालको दुना टपरी बनाएर मासिक चार लाख बढी कमाउने गरेको बताउनुहुन्छ भने कारखाना नै चलाएर धेरैलाई रोजगारी समेत दिएको बताउनुहुन्छ ।

४० बटा दुना टपरी बनाउने मेशिन चलाएर राम्रो आम्दानी लिन सफल गिरी त्यहाँ उत्पादित दुना टपरी काठमाडौँ,पोखरा,नारायणगढ,बुटवल,लगायत देशको सबै ठाउँमा सजिलै बिक्री हुने गरेको बताउनुहुन्छ ।

दुना टपरी उद्योगमा कामदारका रुपमा रहेका दल बहादुर विकले यसबाट राम्राे आम्दानी लिन सफल भएका बताउनुहुन्छ । मेशिनमा जति धेरै दुना टपरी बनायो त्यति धेरै पैसा कमाउन सकिने र यो पेशा नै रोजगारीको राम्राे  र भरपर्दो आयस्राेत भएको अर्की रामकुमारी थापाको भनाई छ ।

नेपाल भरि यसको व्यापार राम्राे  रहेको र सालको दुना टपरी ठुलो बण्डलको   एक सय पचास र सानो बण्डलको असी रुपियाँमा र थोकका एक रुपियाँमा बिक्री हुने गरेको सञ्चालक गिरीको भनाई छ ।

बिहे भोज देखि व्रतबन्ध,पूजापाठ,लगायत हरेक शुभ कार्यमा दुना टपरी को माग अत्यधिक बढ्न थाले पछि पुर्‍याउन धौ धौ हुने गरेको गिरीको भनाई छ ।गोप

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal