दैनिक तीन घण्टा हिँडेर सेवा दिँदै वडाध्यक्ष

अमृतप्रसाद पौडेल 

म्याग्दी,१४ माघ- म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका वडाध्यक्ष पदमबहादुर पुनले जनतालाई सेवा दिन दैनिक तीन घण्टा पैदल हिँड्ने गर्नुभएको छ । बिहानै उठ्यो गोठमा रहेका पशुको हेरचाह अनि बाख्रालाई घाँस काटेर ल्याएर थन्काएपछि भएका अरू काम गर्ने र खानापछि झन्डै डेढ घण्टा लगाएर वडा कार्यालय पुग्नुहुन्छ। अनि फर्कंदा पनि पैदलै डेढ घण्टाको यात्रा सकेर घरमा आइपुग्नुहुन्छ। 

अध्यक्ष पुनले जौ, मकै, कोदो, धानलगायतका बाली उत्पादन हुने आफ्नो सात रोपनी क्षेत्रफल बारीमा एक सय बोट किवी लगाउनुभएका उहाँको बिहान उठेपछिको दैनिकी पशुचौपायाको रेखदेख अनि किवीको गोडमेलसँगै अन्य घरायसी काममा बिताउनुहुन्छ। घरमा पालिएका २२ बाख्राका लागि घाँस काट्ने जिम्मा पनि उहाँकै छ। उहाँले भन्नुभयो, “म यहाँ हुँदासम्म बाख्रालाई घाँस काट्ने जिम्मा मेरै हो। म भइनँ भने बुढीले काट्ने हो।” 

स्थानीय तहको निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवार भएर उहाँ विजयी हुनुभएको थियो। पुन २०७९ को निर्वाचनमा भने नेकपा माओवादी केन्द्रको तर्फबाट दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो। शिक्षण पेसाबाट राजनीतिमा आउनुभएका उहाँले वडा कार्यालयमा पुग्नका लागि पैदल यात्रा गर्नुहुन्छ । बेनी नगरपालिका कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले बेनीमा रहेका १० वटा वडामध्ये कृषिलाई प्राथमिकता दिनु पर्छ भन्ने सोच अध्यक्षको भएको चर्चा गर्नुभयो। 

कृषिमा आधुनिकीकरण र युवालाई देशमै रोक्न र उत्पादनको उचित बजारीकरणमा ध्यान दिनुपर्ने अध्यक्ष पुनको भनाइ छ। बेनी नगरपालिकाले आयोजना गरेको तीनदिने किवी खेतीसम्बन्धी तालिममा पनि उहाँ तीन दिनै सहभागी हुनुभएको थियो। उहाँले भन्नुभयो, “विदेश मेरो सोचभन्दा बाहिरको कुरा हो, त्यसैले मेरो ३२ वर्षको छोरो पनि मसँगै छ र उसका दुई छोरी र एक छोरासहित हामी सात जनाको परिवार खुसीसाथ यहीँ रहेका छौँ।गोप

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal