गण्डकी प्रदेशले स्वास्थ्यलाई प्राथमिकता दिएको छः मुख्य मन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताउनुभएको छ । मङ्गलबार स्याङ्जाको वालिङमा स्वास्थ्य संस्थाहरुको भवन उद्घाटन गर्नुहुँदै मुख्य मन्त्री पाण्डेले गण्डकी प्रदेशले नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताउनुभएको हो ।
दूरदराजमा रहेका नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भनेर स्वास्थ्य सेवा विस्तारमा जुटेको उहाँको भनाई छ । आवश्यकताको आधारमा विषेशज्ञ सहितको अस्पताललाई प्रदेशले महत्व दिन्छ, मुख्यमन्त्रिी पाण्डेले भन्नुभयो, “नागरिकको सहज पहुँचमा स्वास्थ्य पु¥याउने हाम्रो पहिलो प्राथमिकता हो । उपचारको अभावमा कोही पनि नागरिकको अकालमा मृत्यु नहोस भन्ने हेतुका साथ प्रदेशले विभिन्न जिल्लाहरुमा नागरिकलाई पायक पर्ने स्थानहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गरी सोही अनुसारको जनशक्ति र उपकरणको व्यवस्था गर्नेछ ।”
गण्डकी प्रदेश हरेक क्षेत्रमा फड्को मार्दै अगाडि बढेको भन्दै नागरिकको हित हुने कार्यमा सबैले सहकार्य र हातेमालो गर्नुपर्नेमा मुख्यमन्त्रि पाण्डेको जोड छ । नागरिकका आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको ग्यारेन्टीका लागि सरकार हरसम्ंभव लागिपरेको उहाँले औंल्याउनुभयो । प्रदेशका दुर्गम जिल्लाहरुमा आधारभूत आवश्यकताहरुको पनि सहज परिपूर्ति नभईरहेको अवस्थामा वर्तमान सरकारले प्रदेशका दुरदराजमा पनि नागरिकको जीवन सहज र सरल बनाउने प्रयास गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो ।
यो वर्षदेखि १० वर्ष मुनिका बालबालिकाहरुका लागि स्वास्थ्य परीक्षण निःशुल्क गराउने पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले यसका साथै दीर्घ रोगी र ज्येष्ठ नागरिकहरुका लागि निमोनियाको निःशुल्क व्यवस्था गरेको बताउनुभयो ।
वडा नं. १२ को सिर्सेकोट दहपोखरीमा भौतिक रुपमा वडा नवनिर्मित वडा कार्यालय भवनकोसाथमा स्वास्थ्य चौकीको उद्घाटन गरिएको हो । वालिङका अन्य १२ वटा स्वास्थ्य संस्थाको मुख्यमन्त्री पाण्डेले भर्चुवल रुपमा उद्घाटन गर्नुभएको हो । वालिङको १२ सहित, १, २, ३, ५, १०, ११, १२, १३ र १४ मा गरी १२ वटा स्वास्थ्य चौकीको उद्घाटन गरिएको हो ।
आर्थिक वर्ष २०७६÷०७७ मा नेकपा एमालेकि सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालको कार्यकालमा एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम तथा एक पालिका एक अस्पताल अभियानको थालनी भएको थियो । स्वास्थ्य चौकी विहिन १२ सय वडामा स्वास्थ्य चौकी बनाउन बजेट विनियोजनसमेत गरिएको थियो । सोहि अनुसार एकैसाथ १२ सय स्वास्थ्य चौकी निर्माण गर्ने तत्कालिन सरकारले ल्याएको कार्यक्रम अन्तर्गत वडाहरुमा स्वास्थ्य चौकिहरु निर्माण भएका हुन् ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















