गाउँमै आँखाको उपचार, बृद्धबृद्धा खुसी

अर्जुन काफ्ले

स्याङ्जा,१९कात्तिक- अर्जुनचौपारी गाउँपालिका–१ की ८१ वर्षीय कुन्तीदेवी अर्यालले गाउँमै आँखाको उपचार गर्न पाएकोमा खुसी हुनुभएको छ । २० वर्षबाट आँखाको समस्याबाट पटक–पटक काठमाडौँ पुगेर उपचार गर्नु भएकी अर्यालले बुढेसकालमा घरबाहिर उपचार गर्न नसक्ने अवस्थामा नजिकै उपचार पाउनुभएको हो । 

यहाँ एसोसिएसन अन्नपूर्ण नेपालले हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा दरौखोला सामीप्य समाजको व्यवस्थापनमा निःशुल्क आँखा शिविर आयोजना गरेको हो । पुतलीबजार नगरपालिका –१३ को महेन्द्र आधारभूत विद्यालयमा गरिएको शिविरमा काठमाडौँमा आँखाको उपचार गर्दा धेरै खर्च गरेको बताउँदै अर्यालले गाउँमा निःशुल्क सेवा पाएको बताउनुभयो । 

अर्यालजस्तै ७५ वर्षीय प्रेमबहादुर क्षेत्रीले पैसाको अभावमा १५ वर्षबाट उपचार नगरी बसेको र गाउँमै उपचार गरेको बताउनुभयो । उपचार गरेका अर्याल र क्षेत्रीको मोतियाबिन्दु भएको र अब पोखराको हिमालय अस्पतालमा अप्रेसन हुनेछ । 

पुतलीबजार नगरपालिका–१३ का वडा सदस्य सूर्यबहादुर रोकाले एक दिने आँखा शिविरमा पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुनचौपारी गाउँपालिकाका २६३ बिरामीले सेवा लिएको बताउनुभयो । 

शिविरमा ६ जनामा मोतियाबिन्दु र एक जनाको आँखाको पर्दामा समस्या रहेको रोकाले बताउनुभयो । शिविर डा. सुदर्शन पौडेलको नेतृत्वमा ११ जनाको मेडिकल टोलीले गरेको थियो भने यहाँ उपचार गरेका सबै बिरामीलाई निःशुल्क औषधि दिइएको थियो । शिविरमा बच्चादेखि वृद्धाहरू उपचारका लागि आएको र वृद्धाहरूले गाउँमै उपचार गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । गाेप

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal