वालिङ नगरपालिकालाई एसिया प्यासिफिक अवार्ड
वालिङ,२३ असोज- वालिङ नगरपालिकालाई ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ प्रदान गरिने भएकाे छ । फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत वालिङ नगरपालिका साे अवार्डबाट सम्मान गरिने भएकाे हाे ।
एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरुको स्थानीय सरकारहरुको समूह(युसिएलजी–एसियाप्यासिफिक)बाट वालिङ उत्कृष्ट नगरको रुपमा सम्मानित बनेको छ । एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरुमध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित बनेको नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै युसिएलजीले वालिङलाई उत्कृष्ट नगरपालिका घोषणा गरेको बताउनुभयो । नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोरमैला सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रुपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो ।
‘नगरबासीहरुको सहयोग,कर्मचारीहरुको तदारुकता र जनप्रतिनिधिहरुको समर्पणले वालिङ सम्माति बनेको हो’खाँणले भन्नुभयो–‘यो अभियानलाई अझै उचाईमा लैजाँदै उत्सजैन हुने फोहोरलाई पूर्ण रुपमा आम्दानीको स्रोतको रुपमा परिणत गर्न हामी आवश्यक सबै कदमहरु अगाडि बढाउँछौँ ।’
सरसफाईको क्षेत्रमा दिगो विकासको लागि निर्दिष्ट बुँदाहरुको सही पालना तथा कार्यान्वयनको लागि नगरपलिका प्रतिवद्ध रहेको नगरप्रमुख खाँणको भनाई छ ।
सम्मानित बनेसँगै नगरपालिकाले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ । पुरस्कार वितरण १३–१५ नोभेम्बर २०२३ मा चिनको यीवु शहरमा हुनेछ ।

ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















