अन्तरिक्षमा पुगेको चिम्पान्जी !

अन्तरिक्ष अभियानको आरम्भिक दिनमा इनोस नामको चिम्पान्जीलाई अन्तरिक्षमा पठाइएको थियो। अमेरिकाको अन्तरिक्ष अनुसन्धानमा संलग्न संस्थान नासाले ती दिनमा मानिसलाई अन्तरिक्ष र चन्द्रमामा पठाउन जोडदार अनुसन्धान गरिरहेको थियो। त्यसै क्रममा मक्र्युरी प्रोग्रामका लागि भाले चिम्पान्जी इनोसलाई अन्तरिक्षमा पठाउने निर्णय गरियो।

अन्तरिक्षमा मानिसको यात्राको सम्भाव्यता अध्ययन गर्न मक्र्युरी–एट्लस ५ अन्तरिक्षयानलाई मानिस र पशु दुवैलाई बोक्न सक्ने गरी डिजाइन गरियो। जीवित प्राणीमा अन्तरिक्ष यात्राको प्रभावसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क हासिल गर्न त्यस ऐतिहासिक अभियानका लागि इनोसलाई चयन गरिएको थियो।

सन् १९६१ नोभेम्बर २९ मा मक्र्युरी–एट्लस ५ क्याप्सुलमा इनोसलाई राखियो। मक्र्युरी–एट्लस ५ स्पेस क्याप्सुल इनोससहित अन्तरिक्षमा प्रक्षेपण गरियो। अन्तरिक्षमा पुगेर इनोसले सफलतापूर्वक पृथ्वीको फन्को लगायो र त्यस्तो सफलता पाउने मानव जातिसँग मिल्ने पहिलो पशु बन्यो।

इनोसलाई अन्तरिक्षमा पठाएर वैज्ञानिकले अन्तरिक्ष यात्राबाट पर्ने शारीरिक र मानसिक प्रभावका बारेमा महत्त्वपूर्ण तथ्याङ्क प्राप्त गरेका थिए। इनोस यस यात्राले भविष्यमा मानिसलाई अन्तरिक्षमा पठाउने मार्ग प्रशस्त गरेको थियो। त्यसपछि सन् १९६९ मा नासाले अपोलो ११ मार्फत चन्द्रमामा मानिसलाई उतारेको थियो। – युवामञ्च   

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal