गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
काठमाडौँ,२९ साउन- नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डा.रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मान मर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ ।
सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै डा.यादवलाई सिआइबीले गलत विवरणका आधारमा पक्राउ गरेको भन्दै विवरण उपलब्ध गराउने नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको मागसमेत गरेको छ ।
सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता प्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्नचिह्न खडा भएकाले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सिआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछ ।”
सङ्घका आजीवन सदस्य डा.यादवलाई सिआइबीले चिकित्सकविरुद्ध चलाएको ‘अपरेसन फोक्सट्रोट’मा गत साउन २५ गते पक्राउ गरेको थियो । सिआइबीले एसएलसी र प्लस टूको मार्कसिटमा किर्ते गरेर नम्बर थपघट गरेर एमबिबिएस अध्ययन गरेका नक्कली चिकित्सकमाथि अनुसन्धान गर्ने क्रममा उहाँलाई पक्राउ गरेको थियो ।
“कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर समाजमा त्रसित वातावरणको सिर्जना गर्ने, बिरामी र चिकित्सकबीचको सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पुर्याउने तथा चिकित्सकीय सेवालाई नै दूषित तुल्याउने कार्यको जति निन्दा गरे पनि कमै हुन्छ”, प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















