कालीगण्डकी करिडोर अवरुद्ध
तिलाचन पाण्डे
तम्घास,२६ साउन–कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक माथिबाट ठूलो पहिरो खसेका कारण बिहीबार दिउँसोदेखि सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउनका लागि तीन वटा स्काभेटर प्रयोग गरिएको सो सडकको पिच गर्ने जिम्मा पाएको कालिका कन्ट्रक्सनका इन्जिनियर गौरवविक्रम शाहले जानकारी दिनुभयो । पहिरोसँगै ठूलो ढुङ्गा खसेको र ढुङ्गा खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको उहाँको भनाइ छ ।
शाहले कुनै समस्या नआएमा शुक्रबार साँझसम्म पहिरो पन्छाउन सकिने सम्भावना रहेको बताउनुभयो ।
गुल्मीको हर्मिचौरदेखि बाग्लुङ बलेवासम्मको ४५ किलोमिटर सडक पिच गर्न तीन अर्बको लागतमा २०७९ मङ्सिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
कालीण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले एक सूचना जारी गर्दै सडक खुलाउन समय लाग्ने भएकाले अर्को सूचना जारी नभएसम्म सो सडकमा यात्रा नगर्न अनुरोध गर्नुभएको छ ।
सडक अवरुद्ध हुँदा हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पूर्तिघाटसम्म जाने यात्रुहरु र पूर्तिघाटबाट बुटवलसम्म जाने सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।स्रोतः गोप
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















