रामपुरमा खानेपानी महसुल दर घट्यो


पाल्पा,१७ साउन-रामपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गतका उपभोक्ताका निम्ति खानेपानी महसुल दरमा छुट हुने भएको छ । ९ देखि २० युनिट सम्म खपत गर्ने उपभोक्ताले यस अघि प्रतियुनिट ४० रुपैँयाका दरले तिर्दै आएकोमा महसुल दर घटाएर प्रति युनिट ३० रुपैँया कायम गरिएको छ भने २१ युनिट भन्दा माथि खपत गर्ने उपभोक्ताहरुले यस अघि ६३ रुपैँया प्रतियुनिट तिर्दै आएकामा छुट गरी ५३ रुपँैया कायम गरिएको आयोजनाले जनाएको छ ।
रामपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले मंगलबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेर रामपुर नगरपालिकामा वितरण गरिएको खानेपानीको महसुल घटाएको जानकारी गराएको हो ।
कार्यक्रममा आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले आयोजनाका गतिविधि, भावी योजनाबारे प्रष्टयाउनुभएको थियो । २०६७ सालमा स्थापना भएको आयोजना अन्तर्गत रामपुर नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ मा करिब १३ सय घरपरिवारलाई खानेपानी सुविधा पुगेको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो । साढे ४ लाख लिटर, साढे २ लाख लिटर तथा साढे १ लाख लिटर पानी संकलित टंयाङकीमार्फत पानी वितरण भएको र नगरपालिकाबाट प्राप्त १५ लाख रुपैँयाको लागतमा रामपुर ५ राम्चे बाङ्गेवारीमा अर्को टंयाङ्की निर्माणको काम भइरहेको कार्यक्रममा जानकारी गराइएको छ ।
आयोजनाका अध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठले करिब ३४ सय ९३ धारा मार्फत खानेपानी उपभोक्ताले प्रयोग गर्दै आएको र अहिलेसम्म ३ हजार ९ सय २३ धारा जडान गरिएको जानकारी दिनुभयो । उहाँले १ सय ८० किलोमिटर पाइप बिच्छ्याइएको र आगामी दिनमा उपभोक्तालाई करिब ७ हजार धारा पुग्ने र प्रतियुनिट १० रुपैैँया छुट दिने योजना रहेको बताउनुभयो ।
करिब ४ सय ४२ घरधुरी विपन्न परिवारलाई निशुल्क खानेपानी उपलब्ध गराएको आयोजनाले जनाएको छ । घटाइएको महसुल दर यही साउन १ गते देखि लागू हुने जनाइएको छ ।

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal