वालिङमा स्थानीय उत्पादनको प्रर्दशनी


वालिङ,२२असार- वालिङ नगरपालिका वडा नम्बर ८ मा रहेको सिटि हलमा स्थानीय उत्पादनको प्रर्दशनी गरिएको छ । वालिङ नगरपालिकाको आयोजना र आँधीखोला टेक्निकल एण्ड एजुकेशन कलेज प्रालि वालिङको समन्वयमा इबिक परियोजना अन्र्तगत वस्तु तथा सेवाको प्रर्दशनी एवं प्रतिष्पर्धात्मक कार्यक्रम शुरु गरिएको हो ।
इबिक परियोजना लागू भएका पालिकाहरु मध्य वालिङ नगरपालिका उत्कृष्ठ भएकाले यहाँ प्रर्दशनी तथा उद्यमीहरुको प्रोत्साहनको लागि प्रतिष्पर्धात्मक कार्यक्रम राखिएको हो ।

दुई दिन सम्म चल्ने प्रर्दशनीको उद्घाटन गर्दै नगरउपप्रमुख कविता तिवारीेले वालिङलाई दुध, तरकारी र मासुमा आत्मनिर्भर बनाउन नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८ करोड बजेट छुट्याएको बताउनुभयो । उद्यमीहरुलाई आर्थिक सहायता गर्न, आवश्यक तालिमहरु प्रदान गर्न, उत्पादित वस्तुको बजारीकरणको जिम्मा सबै नगरपालिकाले गर्ने उपप्रमुख तिवारीेको भनाई छ । उहाँले भन्नुभयो,“नगरपालिकाभित्र १ हजार २२ जना सुचिकृत उद्यमीहरु हुुनुहुन्छ । उहाँहरुको उत्पादन सबैको विषयमा हामीले डिटेल्स राखेका छौँ । उद्यमीलाई आर्थिक समस्या पर्दा निश्चित मापदण्ड बनाई आर्थिक सहयोग गर्नेदेखि सबै काम नगरपालिकाले गर्नेछ ।”
माटो सुहाउँदो खेति गर्नका लागि गाउँगाउँमा प्राविधिकहरु खटाउने, माटो सुहाउँदो खेति गर्न कृषकहरुलाई प्रोत्साहन गर्ने,उत्पादनहरु विक्रिका लागि भैरहवा तथा कालीमाटीसंग समेत समन्वय गर्ने र बिक्रि हुन नसकेका वस्तुहरुलाई दाना बनाउने, मल बनाउने गरी वालिङलाई अर्गानिक शहरको रुपमा विकास गरिने उपप्रमुख तिवारीको भनाई छ ।

ताजा

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

सूर्योदय

२०८२ चैत्र २३ गते, सोमबार

प्रदेश र स्थानीय तहका विज्ञापनमा प्रदेशकै सञ्चार माध्यमलाई प्राथमिकता दिइने

२०८२ चैत्र २३ गते, सोमबार

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबिच कूटनीतिक संवाद

२०८२ चैत्र २३ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal