बज्रे भञ्ज्याङ माविको ६२ औं वार्षिकोत्सव सम्पन्न
वालिङ,१६ माघ- गल्याङ नगरपालिका ११ मा रहेको बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री सीता कुमारी सुन्दासले विद्यालय शिक्षा देशको जिम्मेवार जनशक्ति उत्पादन गर्ने पूर्वाधार भएकोले यसको विकासको लागि सबैको ध्यान जानुपर्ने बताउनुभयो । बज्रे माविले शैक्षिक क्षेत्रमा राम्रो व्यवस्थापन गरेको र यस विद्यालयको लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयो गर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद मोहनप्रसाद रेग्मी, गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुद्वारा उत्पादन गरिएका तरकारीका साथै साथै स्थानीय परिकार र विद्यार्थीहरुद्वारा निर्माण गरिएका शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रअ नेत्रप्रसाद गैह्रेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गल्याङ नगरपालिका ११ का अध्यक्ष दल बहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रअ भोजराज भण्डारीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रेशम बहादुर रानाले गर्नुभएको थियो ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















