तीन सयमा सिकेको सीपबाट वार्षिक १० लाख कमाइ

खेमराज गौतम

गलकोट,२४ पुस– विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले रु तीन सय तिरेर काठमाडौँमा मौरीपालन तालिम लिँदा सोच्नुभएको थिएन  कि मौरीपालनमै आफ्नो जीवन बित्छ भनेर । 

वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठमाडौँ पुग्नुभएका उहाँको विदेश जाने सपना त पूरा नभए पनि मनग्य आम्दानी गर्ने सपना भने पूरा भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौँमा बस्ने क्रममा मौरीपालन तालिम सिक्नुभएका मोहराज विगत २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । 

मोहराजको नाम मौरीपालन व्यवसायकै कारण परिवर्तन भइ हिजोआज उहाँलाई गाउँलेले ‘महराज’ अर्थात् महको राजा भनेर बोलाउने गर्छन्। 

उहाँको घर र आगन  मौरीका आधुनिक घारले ढपक्कै ढाकिएको छ । झट्ट हेर्दा सङ्ग्रहालयजस्तै देखिने मौरीका घरबाटै वार्षिक रु १० लाख बराबरको आम्दानी हुँदै आएको छ । मोहराज अहिले मौरीपालनबाट जिल्लास्तरमा निकै चर्चितसमेत बन्नाका साथै मौरीपालन किसानका लागि अगुवासमेत बन्दै आउनुभएको छ । 

विसं २०४५ मा मुढेघारबाट मौरिपालन गर्दै आउनुभएका उहाँले २०५२ सालयता आधुनिक घारमा मौरीपालन गर्दै आउनुभएको छ । 

मोहराजको घरमा अहिले एक सय ५० मौरीका घार  छन् भने बागलुङ बजारको क्याम्पस रोडमा ५० घार छन् । “मौरीपालनमै जीवन ब्यथित गरियो अहिले ७० वर्ष काटियो, धेरैलाई मौरीपालनमा अग्रसर पनि गराइयो, अहिले धुल्लु र क्याम्पसगेटमा गरी दुई सय मौरीका घारमा मह उत्पादन भइरहेको छ, मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी हुँदै आएको छ” मेहराज भन्नुहुन्छ, “वार्षिक १० क्विन्टल मह, उत्पादन र बिक्री भइरहेको छ, मौसम अनुकुल रहे अझै धेरै उत्पादन हुन्छ, मह बिक्रीका लागि आफूले बजार पु¥याउनै पर्दैन, अहिलेसम्म मागअनुसार मह पु¥याउनै सकिएको छैन ।”

मौरीसहितको घारलाई नौ हजारमा बिक्री गरिँदै आइएको उहाँकोे भनाइ छ । यहाँ प्रतिकिलो मह रु एक हजार दुई सय पर्छ । मह उत्पादनभन्दा पनि घारसहितको मौरी बिक्रीबाट बढी आम्दानी गर्न सकिने  मोहराजको अनुभव छ । 

“कहिले त एक वर्षमै मौरीसहित १०० घारसम्म बिक्री हुन्छ, अहिले त्यति राम्रोसँग घार बिक्री भइसकेका छैनन्, विभिन्न जिल्लामा अनुदानमा घारसहितको मौरी बिक्रीका लागि यहाँबाट कृषि ज्ञान केन्द्रले खरिद गरेर लैजान्छ” उहाँ भन्नहुन्छ “आफ्नो घरमा उत्पादन भएको घारसहितको मौरी गुल्मी, स्याङ्गा, काठमाडौँ, चितवनलगायतको स्थानमा बिक्री हुने गरेको छ, मह भने बागलुङ बजारमा बिक्री हुन्छ ।” उपयुक्त याममा एउटै घारबाट एक पटकमा सात देखि आठ केजीसम्म मह काढ्न सकिने बताउँदै मह प्राय कात्तिक, मङ्सिर, फागुन र जेठमा राम्रो हुने  मोहराज जानकारी दिनुहुन्छ । 

स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह केही घरबाटै र केही बागलुङ बजारबाट बिक्री हुने गरेको छ । बागलुङ बजारमा शर्माको बुहारी राधा र धुल्लुमा शर्मिलाले मौरीपालनमा सहयोग गरिरहेका छन् । उत्पादन भएको मह उपहारस्वरुप जापान, अमेरिका, अष्ट्रेलिया  बेलायतलगायत मुलुकमासमेत पुग्ने गरेको उहाँको भनाइ छ । यहाँ रहेका विभिन्न वनस्पति र फलफूलका रसबाट बनेको प्राङ्गारिक मह भएकाले धेरैले रुचाउने गरेको बुहारी शर्मिला  जानकारी दिनुहुन्छ । 

“बुबाको मेहनत निकै छ, अहिले त मौरीपालन गर्न हामीलेसमेत सिकिसेका छौँ, बुबालाई सहयोग पु¥याउनाका साथै तालिमसमेत दिने भइसकेकी छु” उहाँ भन्नुहुन्छ, “बुबाकै प्रेरणाका कारण मौरीपालनमा आफू समेत अग्रसर भएकी छु, विभिन्न मौरीपालन तालिममा समेत आफू सहभागी भइसकेको छु ।”

विदेश जाने ध्याउन्नमा विसं २०४५ मा काठमाडौँ भौतारिनुभएका मोहराजले  यससम्बन्धी तालिम लिएपछि विदेश नजाने गरी घर फर्कनुभएको थियो । “विदेश जानका लागि विसं २०४५ मा २०÷२५ हजार सिध्याएर पनि सफल हुन नसक्दा अन्त्यमा निजी संस्थाले मौरीपालन तालिम सिकाएको पत्तो पाएपछि काठमाडौँमा रु तीन सयमा तालिम सिकेर घर फर्केपछि मौरीपालन थालेँ” उहाँ भन्नुहुन्छ।

धुल्लु गाउँमा मोहराजको मौरीपालन देखेर अन्य स्थानीयवासीले समेत घरमै खानका लागि भए पनि मौरीपालन गर्न थालेका छन् । मौरीपालनमा उहाँको रु पच्चीस लाख लगानी भइसकेको छ । मोहराजले व्यवसायको सुरक्षाका लागि घर वरपरको जग्गालाई पर्खालसहित तारबार पनि गर्नुभएको छ । यो व्यवसाय जिल्लाका  अन्य मौरीपालन व्यवसायीलाई समेत प्रेरणाको स्रोत बनेको छ ।रासस   

ताजा

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal