भ्रममा नपरी ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न एमाले सचिव अर्यालको आग्रह
वालिङ, २९ कात्तिक– यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि मतदान गर्ने दिन नजिकिदै जादा दलहरु आफ्ना उम्मेद्वारको प्रचार प्रसारमा व्यस्त रहेका छन् ।
उम्मेद्वारहरु मतदाताको घर दैलोमै पुगेर मतदाता संग भेटघाट गर्नुका साथै आफ्नाििे पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । स्याङ्जा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्वार बन्नुभएकी नेकपा एमालेकी सचिव एवं पूर्व मन्त्री पद्मा अर्याल र प्रदेश सभा सदस्य क का उम्मेद्वार मोहन रेग्मी गाउँ र टोल टोलमा पुगी मतदाताहरुसँग भेटघाटमा व्यस्त हुनुहुन्छ ।
मङ्गलबार प्रतिनिधि सभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेश क का उम्मेदवार मोहन रेग्मी लगायत नेता कार्यकर्ताहरु वालिङ नगरपालिका १४ र भीरकोट ९ सिरकोट तथा साउन्दीका मतदातासँग भेटघाट गर्नुभएको छ ।
भेटघाटका क्रममा एमालेका सचिव एवं पूर्वमन्त्री अर्यालले कसैको भ्रममा नपरी ठुक्क भएर सूर्य चिन्हमा भोट दिएर नेकपा एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।
अर्यालले आँफू लगायत नेकपा एमालेका उम्मेदवारहरुलाई विभिन्न आरोप लगाई भ्रम सिर्जना गर्ने केही झुण्डहरु सामाजिक सञ्जालमा क्रियाशिल भएकाले भ्रममा नपरी ढुक्कसँग सूर्य चिन्हमा मत दिन आग्रह गर्नुभएको हो ।
अर्यालले भन्नुभयो,“कसैको लोभ लालच र प्रलोभनमा नपर्नुहोस् । तपाईहरुको मनलाई मतमा परिणत गर्नुहोस्, तपाईहरुको मतलाई दुरुपयोग गर्ने छैन, यो मेरो प्रकितवद्धता हो ।”
आँफु नगर्ने र गरेकोदेखि नसहनेहरु अहिले आरोपमा उत्रीएको बताउदै त्यस्ता भ्रमबाट मुक्त भएर सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
योजना ल्याउन र काम गर्न नसक्नेहरु अरुलाई आरोप लगाउन मात्रै जानेका हुन्छन् । त्यस्ता व्यक्तिहरु मन गढन्ते आरोप र भ्रामक कुरा जनतालाई झुक्याउने खेलमा लाग्ने अर्यालको भनाइ थियो ।
आँफू मन्त्रालयको जिम्मेवारीमा रहँदा शिक्षा, स्वास्थ्य, कृषि र बाटोघाटो निर्माणका क्षेत्रमा काम गरेको जनताकाबीचमा स्पष्ट रहेको उल्लेख गर्दै अर्यालले केहि पूरा भएका र केहि अधुरा रहेको बताउनुभयो । ती अधुरा र आँफूले थालनी गरेका योजनाहरुलाई निरन्तरता दिनका लागि पनि यस पटक आँफ्नो उम्मेवारी रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,“नेकपा एमालेको नेतृत्वमा भएको सरकारले विभिन्न योजनाहरुमा छुट्याएका बजेट गठवन्धन सरकारले कटौती गरेर अलपत्र पारेको छ । जनतालाई महङ्गीको मारमा पारेर आकुल व्याकुल बनाएको छ । राष्ट्र र राष्ट्रियताका सवालमा कुनै सरोकार नराख्ने गठवन्धनबाट मुक्त हुन जरुरी छ । त्यसैले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयमा काम गरी भविष्य निर्माणका लागि एमालेको सरकार आवस्यक छ ।”
कार्यक्रममा प्रदेश सभा सदस्य क का उम्मेद्वार मोहन रेग्मीले एमालेले गरेका कामलाई ओझेल पार्न गठवन्धन सरकारले बजेट कटौती गरेको बताउदै आफुहरु बिजयी भएपछि पुन ति योजनाहरुलाई निरन्तरता दिने बताउनुभयो ।
गठवन्धनका नेताहरु हारको मानसिकताले ग्रसित भएर तथानाम बोल्ने गरेको रेग्मीको भनाई थियो ।
पूर्वाधार विकासका साथै युवाहरुका पक्षमा नेकपा एमालको सरकारका पालामा धेरै काम भएको बताउदै थप काम गर्ने वातावरण निर्माण गर्नको लागि नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । जनताका आवश्यकता र चाहानाहरु संग आफुहरु जानार भएपनि सबैकाम एकैपटक पुरा गर्न नसकिएको बताउदै मंसिर ४ पछि बन्ने एमालेको सरकारले जनचाहाना पुरा गर्ने गरि काम गर्ने समेत बताउनुभयो ।
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















