गल्याङमा गरिएको नमूना मतदानमा १० प्रतिशत मत बदर


गल्याङ,२८ कात्तिक– गल्याङबजारमा गरिएको नमूना मतदानको क्रममा १० प्रतिशत मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले गरेको नमूना मतदानको क्रममा १० प्रतिशत मत बदर भएको हो ।

गल्याङ नगरपालिकाको सिटी हलमा भएको नमूना मतदानको क्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो । जम्मा ४५ जनाले गरेको मदतानमा १० प्रतिशत मत बदर भएको गल्याङ नगरपालिका प्रशासन शाखा प्रमुख दशरथ उपाध्यायले जानकारी दिनुभयो ।

कर्मचारी तथा जनप्रतिनिधिले गरेको मतदानमा नै १० प्रतिशत मत बदर भएपछि यस पटक मत बदरको संख्या बढ्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले भने यस पटक मत बदरको संख्या शुन्यमा झार्ने भन्दै मतदाता शिक्षालाई जोड दिइरहेको बताएको छ ।

यसअघि निर्वाचन कार्यालयले सोमबार नै कालिगण्डकी गाउँपालिकामा नमूना मतदान गरेको जनाइएको छ ।
यसैबीच, जिल्ला निर्वाचन कार्यालयले नमूना मतदानको क्रममा सञ्चारकर्मीलाई निषेध गरेको छ । कार्यालयले गरेको नमूना मतदानमा पत्रकारलाई आमन्त्रण नगरेको बुझिएको छ । जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले पत्रकारलाई निमन्त्रणा नगर्ने कार्यालयको नियत नभएको दावी गर्दै समन्वयको अभाव भएको स्विकार गर्नुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal