देश विकासका लागि स्थिर सरकार आवश्यक : अध्यक्ष ओली
शालिग्राम नेपाल÷शान्ता अधिकारी
चितवन,२८ कात्तिक– नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि स्थिर सरकार आवश्यक भएको बताउनुभएको छ । चुनावी सभालाई सोमबार चितवनको भरतपुरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
एमालेले आउँदो निर्वाचनपछि बहुमत सिट प्राप्त गरेर स्थिर सरकार निर्माण गर्ने उहाँको भनाइ छ । लोकतन्त्रको मार्गतर्फ जाने पार्टीलाई मतदान गरेर देश निर्माणको जिम्मा दिन उहाँले मतदातासँग अनुरोध गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘भयरहित वातावरणमा निर्वाचन हुनुपर्छ, जनताले मतदान गर्दा कुनै डर धम्कीको अवस्था हुनु हुँदैन ।’ चुनावी प्रचारका क्रममा आक्रमण हुने, खाना खाइरहेका जनतामाथि आक्रमण गर्ने, घरमा बसेकालाई आतङ्कित पार्ने काम हुनु गलत भएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन दलले देशको विकासभन्दा आफ्नो र आफन्तको मात्र विकासमा ध्यान दिएकाले देशको विकास गर्ने पार्टीलाई मतदान गर्नुपर्छ ।’ देश आर्थिक सङ्कटको अवस्थामा पुग्दा समेत सरकारले निकास दिन नसकेको उहाँको टिप्पणी छ ।
एमाले नेतृत्वमा सरकार गठन भएमा २० वटा कामको ग्यारेन्टी गर्नेगरी आफूहरूले घोषणापत्र जारी गरिसकेको उहाँले जानकारी गराउनुभयो । “जारी गर्नका लागि मात्र घोषणापत्र ल्याएका होइनौँ, देश विकासको मार्गचित्र ल्याएका हौँ” उहाँले भन्नुभयो ।
एमाले नेतृत्वमा सरकार बनेपछि २० कामको सुनिश्चितता गर्ने र विभिन्न ८२ वटा कार्यक्रमलाई प्राथमिकताका आधारमा अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । गर्भावस्थादेखि जीवन पर्यन्तसम्म एमाले सरकारले गर्ने कामका विषयमा सार्वजनिक गरेको भन्दै उहाँले महिलाका लागि सेनेटरी प्याड खरिद गर्न महिलाको नाममा बजेट दिने घोषणा गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमाले नेतृत्वमा सरकार भएको समयमा मेलम्ची पानी काठमाडौं ल्यायौँ, लडेको धरहरा उठायौँ । देशलाई सुरुङमार्गको सुरुवात गरेका छौँ, ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता वृद्धि गरेका छौँ ।” एमालेभित्र अहिले कुनै गुटबन्दी र समस्या नभएको पनि उहाँले चर्चा गर्नुभयो ।
एमाले उपाध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले समृद्ध नेपाल निर्माण गर्न सक्ने पार्टी एमाले भएको बताउनुभयो । देशलाई समृद्धिको दिशातर्फ लैजान जरुरी रहेको बताउँदै त्यसका लागि सक्षम उम्मेदवारलाई विजयी बनाउने अभिभारा मतदातामा रहेको उहाँले बताउनुभयो ।एमाले अर्का उपाध्यक्ष रामबहादुर थापा बादल, एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोखरेल, स्वतन्त्र उम्मेदवार तथा एमालेले समर्थन गरेका क्षेत्र नं. ३ का दिनेश कोइरालाले मन्तव्य राख्नुभयो ।गोप
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















