तीन जनालाई आक्रमण गरि घाईते बनाएर घर भित्र छिरेको चितुवा मृत अवस्थामा भेटियो
वालिङ,२५ कात्तिक– वालिङ नगरपालिका १४ काफ्लेटीमा दुई महिला सहित एक पुरुषलाई आक्रमण गरि घाईते बनाएको चितुवा मृत अवस्थामा भेटिएको छ ।
आज बिहान तुलसा पराजुलीलाई आक्रमण गरि घाईते बनाएको चितुवा तुलसाको घरभित्र पसेको थियो । बिहान नौ बजेतिर स्थानीयलाई आक्रमण गरे घरभित्र छिरेको चितुवालाई सुरक्षाकर्मी बन कार्यालयका कर्मचारी र स्थानीय बासिन्दाको पहलमा घरबाट बाहिर निकाल्ने प्रयास गर्दा चितुवा मृत अवस्थामा भेटिएको हो ।

वालिङ १२ का किसनलाल न्यौपाने र वालिङ १४ की लक्ष्मी पराजुलीलाई आक्रमण गरि घाईते बनाएको चितुवा एकास्सी तुलसाको घरको बार्दलीमा पसेर बार्दलीमा बसिरहेकी लुलसालाई आर्कमण गरेको स्थानीय गोपाल पराजुलीले जानकारी दिनुभयो । सिनलाललाई खेतमा र लक्ष्मीलाई आफ्नै घर नजिकै आर्कमण गरेको चितुवा केही समय पछि तुलसाको घरमा प्रवेश गरेर आक्रमण गरेको हो ।

तुलसालाई आक्रमण गरेर घरको कोठा भित्र छिरेको चितुवालाई तुलसाले बाहिर बाट ढोका बन्द गरिदिएपछि चितुवा घर भित्रै थुनीएको थियो । बिहान देखि घर भित्र थुनिएको चितुवाले दिउसो करिब एक बजे सम्म कोठाबाट झ्यालमा हानीरहेपनि करिव ३ः ३० बजेतिर बन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयबासिन्दाले चितुवा रहेको कोठाबाहिर खोर राखेर बाहिल निकाल्ने प्रयास गर्दा चितुवाले कुनै प्रतिकृया नजनाएपछि बन कार्यालयका कर्मचारीले चितुवा मरिसकेको अनुमान गर्दै कर्मचार कोठाभित्र पसेर हेर्दा चितुवा मृत अवस्थामा भेटिएको हो ।

मृत अवस्थामा भेटिएको चितुवालाई नवकार्यालका कर्मचारी र सुरक्षाकर्मीले जिल्ला बनकार्यालय लगेका छन् । घाईते हुनुभएका किसानलाल, तुलसा र लक्ष्मीको पोखरामा उपचार भइरहेको छ , किसानलालको छाती र हातमा चोट लागेको छ, लक्ष्मीको हातमा चोट लागेको छ भने तुलसाको अनुहारका साथै टाउँकोमा चोट लागेको छ । बिहानको समयमा एककासी घर भित्रै पसेर चितुवाले आर्कमण गर्नथालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















