माओवादी केन्द्र चितवन जिल्ला सहइन्चार्ज रेग्मी एमाले प्रवेश
चितवन,९ कात्तिक- नेकपा माओवादी केन्द्र चितवन जिल्ला सहइन्चार्ज रमेश रेग्मी (अमर) एमाले प्रवेश गर्नुभएकाे छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकाेटमा जिल्ला सहइन्चार्ज रेग्मीसहित माओवादी केन्द्र निकटकाे प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पाेखरेल एमाले प्रवेश गरेको एमाले बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिनुभयाे ।
यसअघि माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियार भदाैं ३१ गते एमाले प्रवेश गर्नुभएकाे थियाे । परियार र रेग्मीको प्रवेशसँगै माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज र सहइन्चार्ज विहिन भएको छ ।
एमाले प्रवेश गरेका जिल्ला सहइन्चार्ज रेग्मीले माओवादी केन्द्र दाहाल एण्ड कम्पनीको रूपमा विकास भएकोले त्यहाँ बस्दा नेपाली कम्युनिस्ट आन्दोलनलाई थप क्षति र वर्वादी गर्ने भएकोले कम्युनिस्ट आन्दोलनकाे मूल धार एमालेमा प्रवेश गरेको बताउनुभयाे। पार्टीलाई सहि बाटाेमा ल्याउन पार्टी भित्र अन्तरसंघर्ष गरे पनि प्रचण्डले जे भन्छन् त्यहीँ नियम र कानुन बन्ने गरेकाे भन्दै ब्यक्तिवाद हावी भएको नेता रेग्मीले बताउनुभयाे ।
पछिल्लो समयमा माओवादी केन्द्र कांग्रेससँग आत्मसमर्पण गर्न पुगेको भन्दै कांग्रेसले छुट्टाएकाे भाग खाने ठाउँमा माओवादी पुगेकाे उहाँकाे भनाइ थियाे । कांग्रेसलाई ठूलो पार्टी बनाउन हिड्ने कदापि कम्युनिस्ट हुन नसक्ने ठहरसहित एमालेमा समाहित भएको रेग्मीले बताउनुभयाे ।
उहाँले कम्युनिस्टहरू एमालेमा केन्द्रीकृत हुन आवश्यक भएको बताउँदै अरू पनि नेता कार्यकर्ता एमालेमा आउन आतुर रहेको बताउनुभयाे । माओवादीकाे केन्द्रीय महाधिवेशनबाट एमसीसी पास नगराउने निर्णय सर्वसम्मतिले भए पनि प्रचण्ड एक्लैले त्यसलाई लत्याएकाे घटनाले माओवादी थप उदांगाे भएको नेता रेग्मीकाे भनाइ थियाे ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















