ग्रामीण घरबास र आधुनिक कृषिका माध्यमबाट गाउँ सहरलाई जोड्ने योजनामा अनुसार अगाडि बढेकाछौ– एमाले सचिव अर्याल
वालिङ,५ कात्तिक– नेकपा एमाले सचिव एवं पूर्व मन्त्री पद्मा अर्यालले ग्रामीण पर्यटनको विकास संगै रोजगारीको अवसर सिर्जना गर्ने बताउनुभएको छ ।
शुक्रबारदेखि वालिङ नगरपालिका १२ मा रहेको कोखे गाउँमा “ग्रामीण पर्यटनको विकास राष्ट्र, निर्माणको आधार” भन्ने नाराका साथ नवज्योति जनसेवा युवा क्लब वालिङ १२ कोखेद्वारा आयोजना गरिएको खेलकुद महोत्सवको उद्घाटन समारोहमा बोल्दै एमाले नेतृ अर्यालले ग्रामीण घरबास र आधुनिक कृषिका माध्यामबाट गाउँ र सहरलाई जोड्ने योजना अनुसार एमाले अगाडी बढेको समेत बताउनुभयो ।

स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधि सभासदस्य उम्मेद््वार पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले भन्नुभयो, “अहिलेको मुख्य समस्या भनेको बढ्दो बेरोजगारी हो र यसको समाधानका केही महत्वपूर्ण आधारहरु भनेको ग्रामीण भेगको विकास गरी त्यस क्षेत्रमा स्थानीय बासिन्दालाई एक दिगो रुपमा आयआर्जन गर्ने गरी उपयुक्त ठाउँहरुमा घरबास सञ्चालन गर्नुका सार्थ कृषिमा आधुनिकीकरणका माध्यामबाट धेरैभन्दा धेरै रोजगारीको सिर्जना गर्नु हो । यो अभियानमा नेकपा एमाले लागि परेको छ ।”
गाउँमा घरबास सञ्चालन र स्थानीय उत्पादनको प्रयोग गरेर घरबासमा आउने पाहुनाहरुलाई स्थानीय कला संस्कृतिको माध्यामबाट मनोरञ्जन दिलाएर आम्दानी गर्न सकिने उहाँको भनाइ थियो ।

स्याङ्जा जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा थप विकास र विस्तार गर्नको लागि सिर्कोटलाई अन्तराष्ट्रिय प्यारागलाईडिङ प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने र आँधिखोला क्षेत्रलाई आकाशे रग्ङशालाका रुपमा विकास गर्ने अर्यालको भनाइ थियो ।
सिर्कोटदेखि सिर्सेकोट हुदै अकलादेवी मन्दिर र सेतीबेणीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पदमार्गको काम सुरु भइसकेको र केही समय देखि रोकिएपनि त्यसलाई पुरा गरेर यस क्षेत्रमा घरबासका साथै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने समेत अर्यालले बताउनुभयो । सिर्सेकोटका ग्राीमण सडकहरुको स्तर उन्नतीका साथै सडक कालोपत्रे गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश निर्वाचन क्षेत्र नम्बर २ क का उम्मेद्वार मोहन रेग्मीले समग्र सिर्सेकोटका सडक, खानेपानीका साथै सुरुभएका अन्य कामहरु पुरा गर्ने बताउनुभो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट क्षेत्र नम्बर २ प्रतिनिधि सभासदस्यको उम्मेदवार रहनुभएका टिकराज गुरुङले अब जनताले नयाँ पार्टीलाई विश्वास गर्ने बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, नेकपा एमाले समानुपातिक उम्मेदवार हुमबहादुर गुरुङ, नेपाली कांग्रेस वालिङ नगरसभापति नेत्र पाण्डे, वालिङ नगरपालिका कार्यपालिका सदस्य भक्तबहादुर गोतामे, जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरिप्रसाद गुरुङ (मोहन) लगायतले बोल्नुभएको थियो ।

कात्तिक ४ गते देखि ९ गते सक्म सञ्चालन हुने महोत्सवमा करिव दश हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ रहेको छ ।
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















