वालिङमा जारी महिला फुटबलको फाइनल खेल आज, पुलिस र एपीएफ भिड्दै

वालिङ,३ कात्तिक– गण्डकी प्रदेशको पोखरामा ४० वर्षपछि भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको आज (बिहीबार) समापन हुदैछ ।

यस अघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालञ्जमा भएको थियो । कोभिड १९ बाट प्रभावित हुन पुगेको प्रतियोेगिताको नवौं संस्करण गण्डकी प्रदेशले सञ्चालन गर्ने अवसर पाएको हो । यस अन्तर्गत गण्डकी प्रदेशको स्याङ्जाले राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।

स्याङ्जाको वालिङमा सञ्चालन भइरहेको राष्ट्रिय महिला फुटवलको आज (बिहीबार) फाइनल खेल हुँदैछ । गत असोज २७ गतेदेखि वालिङ खेलमैदानमा सञ्चालित राष्ट्रिय महिला फुटवल प्रतियोगिताको फाइनल खेलसहित बिहीबार समापन हुने भएको हो ।

वालिङ खेलमैदानमा आज हुने फाइनल खेलमा नेपाल पुलिस क्लव रएपीएफ क्लवका बीच प्रतिस्पर्धा हुने भएको छ । मङ्गलबार भएको सेमिफाइनलमा पुलिसले प्रदेश १ र एपीएफले नेपाल आर्र्मी क्लबलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेका थिए ।

मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई शुन्यका विरुद्ध तीन गोलको जीतसहित फाइनलमा प्रवेश गरेको हो । यस्तै एपीएफले आर्मीलाई शुन्यका विरुद्ध एक गोलको जीतसहित फाइनलमा प्रवेश गरेको हो ।

तृतीय स्थानका लागि नेपाल आर्मी र प्रदेश १ का बीच विहान ९ बजे खेल सञ्चालन हुने छ भने समापनको औपचारिक कार्यक्रम ११ बजे हुने आयोजकले जनाएको छ ।
फाइनल खेल दिउसो २ बजे हुने छ । आठौं संस्करणको साविक विजेता आर्मीले भने नवौ संस्करणमा तृतीय स्थानका लागि प्रतिस्पर्धा गरेर चित्त बुझाउनु परेको छ । साविक विजेता आर्मी र एपीएफ बीच मंगलबारको सेमिफाइनलमा भएको कडा प्रतिस्पर्धाले दर्शकहरुलाई निकै उत्साही र रोमान्चक बनाएको थियो । यस्तै नेपाल पुलिस र एपीएफ क्लबकाका बीच हुने फाइनल खेल उपाधीका लागि कडा टक्करका साथ हुने आयोजकले जनाएको छ ।

नवौं संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगितालाई वालिङका साथै समग्र जिल्लावासीले अवसरकारुपमा लिएका छन् । यसका साथै फुटबल प्रतियोगिताले दर्शकहरुले भरपुर मनोरञ्जन लिएको र खेल हेर्न दर्शकहरुको उत्साहाजनक सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरबहादुर गुरुङ ( मोहन ) ले बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal