महिला फुटबल वालिङमा सुरु, पुलिसको विजयी सुरुवात
वालिङ,२७ असोज– वालिङमा आजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबल विजयी सुरुवात गरेको छ ।
रेखा पौडेलले ह्याट्रिक गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो विजयी यात्राको सुरुवात गरेको हो ।
बिहीबार भएको समूह ‘ए’ को खेलमा पुलिसले बागमती प्रदेशलाई ५–० गोलले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा नीरु थापाको गोलबाट अग्रता लिएको पुलिसले १८ औँ मिनेट पुग्दा पुन दोस्रो गोल गर्न सफल भएको थियो । रेखा पौडेलले एक्लो प्रयासका गोल गर्नुभयो । २१औँ मिनटमा पौडेलले दोस्रो गोल गर्नुभयो । २३औँ मिनेटमा पौडेलले ह्याट्रिक पूरा गर्नुभयो । ८७औँ नीरु थापाले गोल गरेर पुलिसलाई विजयी गराउनुभयो ।
यसैगरी दोस्रो खेलमा आर्मीले शुन्यका विरुद्ध ६ गोल गर्दै जीत निकालेकोे छ । शुक्रबार तीनखेल हुने जिल्ला खेलकुद समितिका अध्यक्ष गीरीबहादुर गुरुङ मोहनले जानकारी गराउनुभयो । अध्यक्ष गुरुङका अनुसार शुक्रबार विहान ९ बजे पहिलो खेल एपिएफ र प्रदेश नंवर १ बीच हुनेछ । यसैगरी दोस्रो खेल दिउसो १२ः ३० बजे र तेस्रोखेल ३ः ३० बजे हुने छ ।
असोज २८ शुक्रबार उद्घाटन भएर कात्तिक ३ गतृेसम्म सञ्चालन हुने प्रतियोगिताको समय तालिका भएपनि समय अभावका कारण औपचारिक उद्घाटन नहुदै प्रतियोगिताको सञ्चालन गरिएको हो ।
वालिङ नगरपालिका ८ स्थित मालेबगरमा सञ्चालन भएको प्रतियोगिताकोे जिल्ला समन्वय स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीेले खेलाडीहरुलाई बल हस्तान्तरण गरेर खेलको सुरुवात गर्नुभएको थियो ।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















