मृगौलाको समस्यामा परेकी बागमतीलाई आर्थिक सहयोग
वालिङ,२७असोज– मृगौलाको समस्यामा परेकी पुतलीबजार नगरपालिका ११ करेन्डाँडा (फापरथुम) की बागमती गुरुङलाई आर्थिक सहयोग गरिएको छ ।
स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको समन्वयमा गुरुङलाई रु ४ लाख ३७ हजार रुपैँया सहयोग रकम हस्तान्तरण गरिएको हो । मृगौलामा समस्या आएपछि चिन्तित बनेकी गुरुङलाई उपचारको लागि बिभिन्न देशमा रोजगारिको लागि गएका जिल्ला बासिहरुले समुह बनाएर आर्थिक रकम संकलन गरेर सहयोग गरेकाहुन ।
अर्थिक सहयोग गर्नेहरुमा स्याङ्जा समाज अमेरिकाबाट संकलित रु ३ लाख ३ हजार युएई बाट कर्ण बहादुर गुरुङको नेतृत्वमा संकलित रु १ लाख १४ हजार सस्थाका अध्यक्ष टुकराज अर्यालबाट रु १० हजार समाजसेवी बिष्णु कुमारी अर्यालबाट रु १० हजार गरि संकलन गरिएको सो रकम हस्तान्तरण गरिएको हो ।
स्याङ्जा समाज अमेरिकाका संरक्षक श्याम काजी गुरुङ, स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल, सस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठ, बिष्णु कान्त अर्याल, पार्वती गुरुङ, गायत्री अर्याल, युएई बाट सहयोग संकलन संयोजक कर्ण गुरुङल लगायतले मृगौलाको समस्यामा पर्नुभएकी बागमती गुरुङलाई स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















