वालिङमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

वालिङ,२५ असोज– यही असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला फुटबल प्रतियोगिता स्याङ्जाको वालिङमा सञ्चालन हुने भएको छ ।

वालिङ नगरपालिका ८ स्थित मालेबगर खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरीबहादुर गुरुङ (मोहन)ले जानकारी दिनुभयो ।

आयोजक राष्ट्रिय खेलकुद परिषदका अनुसार समय अपुग हुने भएकाले प्रतियोगिताको औपचारिक उद्घाटन २८ गते गरिने भएपनि यस अन्तर्गतको महिला क्रिकेट पोखरामा सञ्चालन भैसकेको छ । यसैगरी महिला फुटबल प्रतियोगिता समेत निर्धारित समय भन्दा एकदिन अघावै असोज २७ गतेबाट सञ्चालन हुने भएको छ ।

यही असोज २७ गते बिहीबारबाट प्रतियोगिता सुरु हुने भएपछि २६ गते बुधबारसम्ममा सबै खेलाडीहरु वालिङ आईसक्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार वालिङ आउने अफिसियल, प्रशिक्षक, खेलाडी सबैलाई होटल व्यवसायीहरूसँगको समन्वयमा आवासको व्यवस्थापन मिलाइएको छ ।

वालिङमा रहेको खेलमैदानमा जिल्ला समन्वय समितिको पहलमा वालिङ नगरपालिकासहित जिल्लाका ११ वटै पालिकाको सहयोगमा दुवो बिछ्याइएको छ । प्रतियोगिताका लागि खेलमैदानलाई ब्यवस्थित गर्ने, तारबार गर्नुका साथै खेलमैदानमा झण्डाहरू राख्ने लगायतका काम गरिएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal