वालिङमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा
वालिङ,२५ असोज– यही असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला फुटबल प्रतियोगिता स्याङ्जाको वालिङमा सञ्चालन हुने भएको छ ।
वालिङ नगरपालिका ८ स्थित मालेबगर खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरीबहादुर गुरुङ (मोहन)ले जानकारी दिनुभयो ।

आयोजक राष्ट्रिय खेलकुद परिषदका अनुसार समय अपुग हुने भएकाले प्रतियोगिताको औपचारिक उद्घाटन २८ गते गरिने भएपनि यस अन्तर्गतको महिला क्रिकेट पोखरामा सञ्चालन भैसकेको छ । यसैगरी महिला फुटबल प्रतियोगिता समेत निर्धारित समय भन्दा एकदिन अघावै असोज २७ गतेबाट सञ्चालन हुने भएको छ ।

यही असोज २७ गते बिहीबारबाट प्रतियोगिता सुरु हुने भएपछि २६ गते बुधबारसम्ममा सबै खेलाडीहरु वालिङ आईसक्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार वालिङ आउने अफिसियल, प्रशिक्षक, खेलाडी सबैलाई होटल व्यवसायीहरूसँगको समन्वयमा आवासको व्यवस्थापन मिलाइएको छ ।
वालिङमा रहेको खेलमैदानमा जिल्ला समन्वय समितिको पहलमा वालिङ नगरपालिकासहित जिल्लाका ११ वटै पालिकाको सहयोगमा दुवो बिछ्याइएको छ । प्रतियोगिताका लागि खेलमैदानलाई ब्यवस्थित गर्ने, तारबार गर्नुका साथै खेलमैदानमा झण्डाहरू राख्ने लगायतका काम गरिएको छ ।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















