घोडा संरक्षण गर्न घोडा दौड
जुम्ला,१७ असोज– जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित सो प्रतियोगितामा यस वर्ष ३५ घोडा सहभागी भएका थिए ।
करिब १७ वर्ष अघि जुम्ला विमानस्थलमा हुँदै आएको सो प्रतियोगिता बन्द भएपछि क्लबले यसवर्ष पुनः सञ्चालन गरेको क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो ।
“समाज विकासका लागि, असल परम्परा बचाइराख्न आवश्यक छ ”, उहाँले भन्नुभयो, “चौडा सडक र अग्ला घर हुनुलाई विकास बुझ्ने मानसिकताले नै हाम्रा मौलिकता लोप हुने स्थितिमा पुगेका छन् । तीन तहै सरकारले सहयोग गरेका छैन । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउँछ ।”
सो प्रतियोगितामा चन्दननाथ नगरपालिका–८ का आनन्द धराला, गुठीचौर गाउँपालिका–१ का हरिप्रसाद बस्नेत र गुठीचौर –२ का कालीप्रसाद बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएकोे थियो भने खुलातर्फ विकास बोहोरा, शङ्कर रोकाया र विपेन बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको क्लबले जनाएको छ । त्यस्तै पालिततर्फ चन्दननाथ नगरपालिका–१० का हर्कबहादुर शाही, गुठीचौर गाउँपालिका–५ का बीर्खबहादुर भण्डारी र गुठीचौर –२ का मुनसुर बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको क्लबले जनाएको छ । प्रतियोगिताको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच, तीन र दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
ताजा
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार





















