राम्दीको विकास आवश्यक ः नगर प्रमुख भट्टराई


टिकाराम अधिकारी
गल्याङ,११ असोज– गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराईले राम्दीको विकास आवश्यक रहेको बताउनुभएको छ ।
सम्पूर्ण मानव जगतको कल्याण गरि सभ्यता र धार्मिक तथा सांस्कृतिक पर्यटकीय हिसाबले पनि राम्दीको महत्व धेरै भएकाले यस क्षेत्रको विकास आवशयक रहेको बताउनुभएको हो । सभ्यता र सस्कृतिको विकासको धरोहर हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको राम्दी क्षेत्रको विकासका लागि नगरपालिकाका तर्फबाट सक्दो पहल गर्ने नगरप्रमुख भट्टराईले बताउनुभयो ।

गल्याङ नगरपालिका राम्दीमा संस्कृत गुरुकुलम्को आयोजनामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत ४ कोठे पक्की भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले सो कुरा बताउनुभएको हो । पवित्र धार्मीक स्थलको रुपमा रहेको राम्दी स्याङ्जा पाल्पा मात्रैको नभएर सम्पूर्ण हिसावले यस संग जोडिएको प्रभावित क्षेत्र र सबै वर्ग जातजाति धार्मिक सांस्कृतिक क्षेत्रको विकास गर्ने पक्षमा आफू निरन्तर लागि पर्ने र सबै मिलेर यस क्षेत्रका विकासका लागि लाग्नुपर्ने समेत बताउनुभयो ।

हाम्रो धर्म संस्कार संस्कृति संरक्षण गरेर सव्यता बचाउदै अगाडि वढ्न आवश्यक रहेको सम्पूर्ण मानव जातिको कल्याण गरेर अगाडि वढ्नु कुरामा आफू र नगरपालिका सधै लागि पर्ने कुरा नगर प्रमुख भट्टराई बताउनु भयो । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, गल्याङ नगरपालिका १ का वडाअध्यक्ष मणि प्रसाद वस्याल, गल्याङ नगरपालिका नगर शिक्षा समितिका सदस्य द्रर्बेन्द्रदेव खनाल लगायतले बोल्नुभएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal