पर्यटन प्रवर्द्धनका लागि आसोज १९ देखि २४ सम्म कोखे महोत्सव
हिमलाल पराजुली
वालिङ,१० असोज– वालिङ नगरपालिका १२ मा रहेको कोखे गाउँमा कोखे महोत्सव गरिने भएको छ ।महोत्सवका माध्यामबाट ग्रामीण पर्यटनका विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक नवज्योति जनसेवा युवा क्लब वालिङ १२ कोखेले आज वालिङमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।
“ग्रामीण पर्यटनको विकास राष्ट्र, निर्माणको आधार” भन्ने नाराका साथ यहि असोज १९ गते देखि २४ गते सम्म कोखे महोत्सव सञ्चालन हुने कोखे महोत्सव मूल आयोजक समितिका संयोजक भविराज गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
स्थानीय कला संस्कृतिको संरक्षका साथै खेलकुदको विकास एवं विस्तार संगै ग्रामीण पर्यटन र स्थानीय कृषिजन्य उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । ६ दिन सम्म सञ्चालन हुने महोत्सवमा करिव दश हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ रहेको छ ।

महोत्सवमा बिभिन्न खेलकुद प्रतियोगिताका साथै सामुहिक नृत्य तथा स्थानीय कलाकारको प्रस्तुति, मौलिक पहिचान सहितको सोरठी, रेलीमै लगायतका बिभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत रहने आयोजकको भनाइ रहेको छ । खेलकुद तर्फ क्लब स्तरिय खुला भलिबल प्रतियोगिता, वडा भित्रका ३८ वर्षभन्दा माथि उमेरका लागि भेट्रान्स भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमलाई नगद रु १ लाख १ हजार रुपैँयाका साथै ट्र«फी, प्रमाणपत्र र मेडल दोस्रो हुनेलाई रु ६० हजार रुपैँयाका साथै ट्र«फी, प्रमाणपत्र र मेडल तेस्रो र चौथो हुने टिमलाई क्रमस नगद रु ३० हजार, रु १५ हजार र ट्र«फी, प्रमाणपत्र र मेडल प्रदान गरिने क्लबले जनाएको छ ।
पत्रकार सम्मेलन कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले महोत्सवले स्थानीय स्तरमा पर्यटनका साथै खेलकुदका क्षेत्रमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा क्लबका सल्लाहाकार गुप्त बहादुर गुरुङ, पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, हुमराज गुरुङ लगायतले बोल्नुभएको थियो ।

महोत्सव सम्पन्न गर्नको लागि करिब १८ लाख २१ हजार खर्च हुने र सो रकम स्थानीय बासिन्दा गाउँबाट रोजगारीको लागि विदेशमा रहेका र अन्य स्थानीय तहका साथै विभिन्न निकार्यबाट आर्थिक संकलन गर्ने र महोत्वस सम्पन्न गरेर बचत भएको रकमले गाउँको पर्यटकिय पूर्वाधार निर्माणमा खर्च गरिने पनि आयोजकको भनाइ रहेको छ ।
वालिङ नगरपालिका १२ मा रहको कोखे गाउँमा होमस्टे समेत सञ्चालनमा आएको छ भने यहाँ आउने पर्यटकहरुलाई गाउँमै उत्पादन हुने स्थानीय परिकार द्वारा स्वागत गर्ने गरिन्छ । सिद्धार्थ राजमार्गको बायाँटारी देखि करिब १३ किलो मिटरको ग्रामीण सडकको यात्रा पार गरेर सुन्दर कोखे गाउँमा पुग्न सकिन्छ ।
पत्रकार सम्मेलनको भिडियो……………
पत्रकार सम्मेलनको भिडियो……………
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















