स्याङ्जामा चार विद्यार्थीले ल्याए चार जिपिए
अर्जुन काफ्ले
स्याङ्जा,१४ असार- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा स्याङ्जामा चार जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । सामुदायिक तर्फ एक जना र तीन जना निजी विद्यालयका विद्यार्थील चार जिपिए ल्याएका हुन् ।
यहाँ सामुदायिक तर्फ कालिगण्डकीको भगवती माविका प्रतिक भट्टराईले चार जिपिए ल्याउनु भएको हो ।
यस्तै निजी तर्फ वालिङको नेपाल आदर्श आवासिय माविका अप्सन सुबेदी, पायनियर आवासिय माविका प्राप्ति काफ्ले र अर्जुन चौपारी गाउँपालिकाको अर्जुनचौपारी चिल्डेन एकेडेमीका किन्जल देबकोटाले चार जिपिए ल्याएउनुभएको हो । चार जिपिए ल्याउने चार जनामा दुई जना छात्रा र दुई जना छात्र रहेकाछन् । २०८१ को एसइईमा तीन हजार ७३३ जनाले परीक्षा दिएकोमा ३.६ जीपीएदेखि ४ जिपिएसम्म ३२४ जना, ३.२ जिपिएदेखि ३.६ जिपिएसम्म ७२६ जना, २.८ जिपिएदेखि ३.२ जिपिएसम्म ९५० जना, २.४ जिपिएदेखि २.८ जिपिएसम्म ४८२ जना गरी दुई हजार ५१६ जना उत्तीर्ण भएका हुन् ।
उत्तीर्णमध्ये ९० जना प्राविधिक विद्यार्थी रहेको र ६७.४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा तथा समन्वय इकाई कार्यालय स्याङ्जाका प्रमुख विश्वराज आचार्यले बताउनुभयो । गत साल यहाँ त्रिभुवन आदर्श माविका एक विद्यार्थीले चार जिपिए ल्याएका थिए ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















