वालिङमा धार्मिक अनुष्ठान शुभारम्भ

वालिङ,१७ वैशाख- वालिङमा श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान शुभारम्भ भएको छ । वालिङमा केदारनाथ शिवधाम निर्माणार्थ श्रीमद्भागवत् सप्ताह तण्डुलाचल श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान—२०८२ को नेपाल सरकारका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शुभारम्भ गर्नु भयाे।

महायज्ञको शुभारम्भ गर्दै उपप्रधान एवं शहरी विकास मन्त्री सिंहले धर्मशाला निर्माण गर्नु अत्यन्त राम्रो कुरा भएको बताउनुभयो । उहाँले वालिङमा धर्मशाला निर्माणका लागि सरकारकाे तर्फबाट सहयोग गर्ने समेत बताउनुभयाे।

नेपाली कांग्रेसका नेता समेत रहजुभएका शहरी विकास मन्त्री सिंहले धर्म भनेको समाजमा के गर्न हुने के नहुने भन्ने आफैले छुट्याउन सक्ने नीति भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हरेक पेशा व्यवसायको पनि आ—आफ्नो धर्म हुन्छ भने यो धर्म भनेको समाजलाई हीतहुने काम गर्नुपर्छ भन्ने नीति हो । धर्मकै आधारमा राजनीति गर्नेहरु सेवा गर्न भनेर लागेका व्यक्ति हुन् । त्यसैले सबैलाई मान्यहुने गरी गरिएका धार्मिक कार्यहरुमा हामी उपस्थित हुने गरेका छौं ।” 

विगतमा आफ्ना स्वर्गीय पिता गणेशमान सिंह, गिरिजाप्रसाद कोईराला, किसुनजीलगायतका नेतृत्व स्याङ्जामा आएको स्मरण गर्दै उहाँले त्यसकारण पनि आफूलाई यो ठाउँमा आउने मन भएको बताउनुभयाे। समाजसेवी डोलराज शर्माको अनुरोध र भगवानको कृपाले आफू महायज्ञ शुभारम्भमा आउने अवसर मिलेको मन्ती सिंहकाे भनाई थियाे।

कार्यक्रममा प्रतिनिधि सभासदस्य राजु थापा, प्रदेश सभासदस्य सरस्वती तिवारी समाजसेवी डाेलराज शर्मा पंगेनी लगायतले बाेल्नुभएकाे थियाे।

वैशाख २३ गते सम्म वालिङ खृल मैदानमा संचालन हुने धार्मिक महाेत्सवमा पंडित नेत्रप्रसाद पराजुलीले वाचन गर्नुहुने छ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal