लेक लागेर मुस्ताङमा एक तिर्थयात्रुको मृत्यु
हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ),१४ वैशाख– प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा आउनुभएका एक नेपाली तिर्थयात्रुको लेक लागेर मृत्यु भएको छ । स्याङ्जाको काली गण्डकी गाउँपालिका–२ का ७५ वर्षीय गोपीराम गाहाको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।
सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक अधिकारीले दिएको जानकारी अनुसार घरपझोङ गाउँपालिका–२ मार्फामा टाउको दुख्ने, शरीरमा असहज महसुस भएपछि तत्कालै अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषित गरेका थिए । मृतक गाहा २३ जनाको टोलीका साथमा गाहा मुस्ताङ आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा अघिल्लो बर्ष बि.स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकन नागरिक रहेका छन् ।
मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये ५ जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, ५जनाको घरपझोङ–४ जोमसोममा र १ जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको थियो । मृतकको उमेर ६४ वर्षदेखि ८१ वर्षसम्मको रहेको तथ्याङकमा देखिन्छ । मृतकले ज्यान गुमाएका क्षेत्र तल्लो मुस्ताङमा पर्छ । मुस्ताङमा लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् ।
समुन्द्री सतहदेखि २५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ । लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिङटा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरू खानुपर्ने चिकित्सकको सुझाव छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















