चापाकोटमा बम बिस्फोट एक घाइते, घरमा क्षति

राधाकृष्ण डुम्रे
वालिङ,३ कात्तिक- स्याङ्जाको चापाकोटमा बम बिस्फोट भएको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोट भएको हो । पुरीको तीन तले कच्ची घरको माथिल्लो तलाबाट दोस्रो तलामा सामान सार्ने क्रममा शनिबार साँझ बम बिस्फोट भएको वडा न ४ का वडाअध्यक्ष अर्जुन खांणले जानकारी दिनुभयो ।
घटनामा परी ४५ वर्षीय घरधनी पुरी घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ । पुरीको बायाँ आँखा भन्दा मुनी बायाँ खुट्टा र नाइटो भन्दा तल चोट लागेको वडा अध्यक्ष खांणले बताउनु भयो । पुरी नेपाल सेनाको पूर्व कर्मचारी हुनुहुन्छ । उहाँले दुई वर्ष अगाडि अबकास लिनु भएको परिवारले जनाएको छ ।
घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आईतबार नेपाली सेना सहितको टोली घटनास्थलमा पुग्ने छ । घटनाबारे बिस्तृत अनुसन्धान हुने उहाँको भनाइ छ । बम कुन प्रकृतिको हो अनुसन्धान पछि जानकारी हुने प्रहरीले जनाएको छ ।
घाईते पुरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पुरीको कच्ची घरमा समेत क्षति पुगेकोे प्रहरीको भनाई छ ।स्रोतःगोप
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार