विजयादशमीको शुभकामना
सम्पादकीय
नेपालीहरुको महान चाड दसैँ आम नेपालीहरुले उत्साहाका साथै मनाइरहेकाछन् । उराठ बनेका गाउँबस्ती यतिबेला उत्साहले धपक्कै बलेकाछन् भने सबैमा खुसियाली छाएकोछ ।
२०८१ सालको दसैँ मनाउन देशविदेशबाट आ–आफ्नो जन्म थलोमा पुगेर एक आपसमा खुसी साटासाट गर्नुका साथै कर्मथलो र जन्म थलोका विच सामिप्यता गास्नुका साथै एक आपसमा आत्मियता साटासाट गर्ने कार्यले पनि अहिलको नयाँ पुस्तालाई आफ्नो परम्परा र रीतिरिवाजका बारेमा जन्ने अवसर यस पर्वले सिर्जना गरेकोछ । आआफ्नो कर्मथलो छाडेर गाउँघर फर्किने क्रम तीव्र छ । सडक, बजार, सार्वजनिक यातायातका क्षेत्रमा देखिएको मानिसको बाक्लो उपस्थितिले दसैँको रौनकलाई झनै बढाएको छ।
हिन्दुधर्मालम्बीहरुको महान चाडकारुपमा लिइने यस पर्वलाई हरेक नेपालीले निकै महत्वका साथै मनाउने गर्दछन् । धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा लिइने यस पर्वलाई असत्यमाथि सत्यले विजया प्राप्त गरेको धार्मिक तथा पौराणिक मान्यता रही आएको छ ।
दसैँमा विभिन्न शक्तिपिठहरुमा देवीको पूजाँ आराधना गर्नुका साथै नवरात्रिका नौ दिन सम्म दुर्गा भगवतीको पूजाआराधना गरिन्छ । नवरात्रिका नौ दिनमा मातृ शक्तिको पूजा गरिसकेपछि दसौँ दिनको दिन (विजयादशमी) विजयोत्सवका रूपमा मनाउनुका साथै आफुभन्दा ठुला मान्यजनहरुबाट रातो टीका र जमरा लगाउनुका सार्थ आशीवाद लिने चलन छ । विजयादशमीले सबैमा सुखशान्ति समृद्धिका सार्थ उत्तरउत्तोर प्रगती होस् । विजया दशमीको शुभकामना ।
ताजा
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार





















