पुस्तान्तरण भएन पुर्ख्यौली सिप

अर्जुन काफ्ले
स्याङ्जा,२३ असोज- पुतलीबजार नगरपालिका–१०, राङखोला निवासी छबबहादुर विश्वकर्माले विगत २५ वर्षदेखि व्यावसायिक रूपमा आरनको काम गर्दै आउनुभएको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकाश भएसँगै ६६ वर्षीय विश्वकर्माले विक फलाम उद्योग दर्ता गरेर व्यावसायिक आरन सञ्चालनमा ल्याउनुभएको हो ।
अवकाश भएर गाउँ फर्किएपछि एउटा व्यवसाय सञ्चालन गर्ने सोच आएपछि विश्वकर्माले आफ्ना बुवाबाट सिकेको सिप आरनलाई नै व्यावसायिक रूपमा अगाडि बढाउने टुङ्गोमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “बुवा आरन व्यवसायमा यो क्षेत्रकै नामुद हुनुहुन्थ्यो । सानोमा बुवाबाट यसबारे आवश्यक धेरै सिप सिकेको र त्यही सिपले अहिले परिवार पाल्दै आएको छु ।”
आरनमा काम गर्नेलाई समाजले हेला, भेदभाव र हिंसा गर्ने भएकाले नयाँ पुस्ताको चासो यसमा नभएको उहाँले बताउनुभयो । आफ्नो आम्दानीको मुख्य स्रोत भने आरन नै रहेको उहाँको भनाइ छ । घन पिट्ने नै हो भने किन पढ्ने, पढेपछि त सोही अनुसारको जागिर गर्नु प¥यो नि भन्ने बुझाइ समाजमा रहेको बताउँदै विश्वकर्माले समाजको दृष्टिकोण, श्रमको सम्मान नभएमा यो व्यवसाय हराउँदै जाने निश्चित भएको पनि बताउनुभयो । पुस्तौँदेखि चल्दै आएको आरन आफूले काम गर्न सक्दासम्म मात्रै रहने र नसक्दाको दिनदेखि स्वतः आफ्नो पुस्ता तथा परिवारबाट हराउने उहाँको भनाइ थियो ।
पहिला परम्परागत रूपमा आरन सञ्चालन हुने गरेकामा अहिले आधुनिक प्रविधिको प्रयोगले काममा केही सहज बनाएको उहाँ बताउनुहुन्छ । आरन एक्लैले चलाए पनि सिप र बलको काम हुने भएकाले बलको काम गर्नुपर्दा अरूको सहयोग विश्वकर्माले लिने गर्नुभएको छ । आरनका लागि अहिले कोइलाको समस्या हुँदै आएको छ भने रक्सी तथा कुँडो पकाउन बालिएका दाउराको कोइला किनेर आरन चलाएको उहाँ बताउनुहुन्छ । पहिलेदेखि यहाँ बनाइएका औजार टिकाउ र राम्रो हुने छाप परेकाले जिल्लाबाहेक पाल्पा, पर्वत र कास्कीका औजार तथा भाँडा बनाउन आउने गरेका छन् । भाँडाकुँडाका साथै चक्कुदेखि खुँडासम्म बनाउने गरिएको जानकारी उहाँले दिनुभयो । न्यूनतम तीन सयदेखि अधिकतम सात हजारसम्म एउटै औजार तथा भाँडाबाट आम्दानी हुने गरेको विश्वकर्माले बताउनुभयो । नयाँ भाँडाकुँडा तथा औजार बनाउने र पुराना मर्मत गर्दा जेनतेनले परिवार पाल्नुभएका विश्वकर्माले आफ्नो भारतीय पेन्सन भने बचाउने गर्नुभएको छ । गोप

ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार