पुस्तान्तरण भएन पुर्ख्यौली सिप

अर्जुन काफ्ले 

स्याङ्जा,२३ असोज- पुतलीबजार नगरपालिका–१०, राङखोला निवासी छबबहादुर विश्वकर्माले विगत २५ वर्षदेखि व्यावसायिक रूपमा आरनको काम गर्दै आउनुभएको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकाश भएसँगै ६६ वर्षीय विश्वकर्माले विक फलाम उद्योग दर्ता गरेर व्यावसायिक आरन सञ्चालनमा ल्याउनुभएको हो । 

अवकाश भएर गाउँ फर्किएपछि एउटा व्यवसाय सञ्चालन गर्ने सोच आएपछि विश्वकर्माले आफ्ना बुवाबाट सिकेको सिप आरनलाई नै व्यावसायिक रूपमा अगाडि बढाउने टुङ्गोमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “बुवा आरन व्यवसायमा यो क्षेत्रकै नामुद हुनुहुन्थ्यो । सानोमा बुवाबाट यसबारे आवश्यक धेरै सिप सिकेको र त्यही सिपले अहिले परिवार पाल्दै आएको छु ।”

आरनमा काम गर्नेलाई समाजले हेला, भेदभाव र हिंसा गर्ने भएकाले नयाँ पुस्ताको चासो यसमा नभएको उहाँले बताउनुभयो । आफ्नो आम्दानीको मुख्य स्रोत भने आरन नै रहेको उहाँको भनाइ छ । घन पिट्ने नै हो भने किन पढ्ने, पढेपछि त सोही अनुसारको जागिर गर्नु प¥यो नि भन्ने बुझाइ समाजमा रहेको बताउँदै विश्वकर्माले समाजको दृष्टिकोण, श्रमको सम्मान नभएमा यो व्यवसाय हराउँदै जाने निश्चित भएको पनि बताउनुभयो । पुस्तौँदेखि चल्दै आएको आरन आफूले काम गर्न सक्दासम्म मात्रै रहने र नसक्दाको दिनदेखि स्वतः आफ्नो पुस्ता तथा परिवारबाट हराउने उहाँको भनाइ थियो ।

पहिला परम्परागत रूपमा आरन सञ्चालन हुने गरेकामा अहिले आधुनिक प्रविधिको प्रयोगले काममा केही सहज बनाएको उहाँ बताउनुहुन्छ । आरन एक्लैले चलाए पनि सिप र बलको काम हुने भएकाले बलको काम गर्नुपर्दा अरूको सहयोग विश्वकर्माले लिने गर्नुभएको छ । आरनका लागि अहिले कोइलाको समस्या हुँदै आएको छ भने रक्सी तथा कुँडो पकाउन बालिएका दाउराको कोइला किनेर आरन चलाएको उहाँ बताउनुहुन्छ । पहिलेदेखि यहाँ बनाइएका औजार टिकाउ र राम्रो हुने छाप परेकाले जिल्लाबाहेक पाल्पा, पर्वत र कास्कीका औजार तथा भाँडा बनाउन आउने गरेका छन् । भाँडाकुँडाका साथै चक्कुदेखि खुँडासम्म बनाउने गरिएको जानकारी उहाँले दिनुभयो । न्यूनतम तीन सयदेखि अधिकतम सात हजारसम्म एउटै औजार तथा भाँडाबाट आम्दानी हुने गरेको विश्वकर्माले बताउनुभयो । नयाँ भाँडाकुँडा तथा औजार बनाउने र पुराना मर्मत गर्दा जेनतेनले परिवार पाल्नुभएका विश्वकर्माले आफ्नो भारतीय पेन्सन भने बचाउने गर्नुभएको छ । गोप

ताजा

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal